७१औँ प्रहरी दिवसका अवसरमा २३ जना प्रहरी पुरस्कृत

Logo
नन्द सिंह शुक्रबार, आश्विन ३०, २०८३

हुम्ला । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा हुम्लामा प्रहरी निरीक्षक जंगबहादुर सिंहसहित २३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।

<span;>प्रहरीका विभिन्न काम, कर्तव्यप्रति निष्ठावान रही उत्कृष्ट कार्य गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो । दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले पुरस्कृत प्रहरी कर्मचारीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
<span;>
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरागाईंले प्रहरीले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने, नागरिकलाई मुस्कानसहित सेवा प्रदान गर्नुपर्ने र कुनै पनि राजनीतिक प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी सङ्गठन नागरिकको सुरक्षा र कानुन कार्यान्वयनसँग प्रत्यक्ष जोडिएकाले आफ्नो जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, इमानदारी र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । प्रहरीले नागरिकसँग गर्ने व्यवहार र प्रदान गर्ने सेवाले सङ्गठनप्रतिको जनविश्वास बढ्ने भएकाले सेवाग्राहीमैत्री व्यवहार अपनाउनसमेत उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभयो । कानुनको पालना र कार्यान्वयनमा सबै समान हुने उल्लेख गर्दै उहाँले प्रहरीले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो जिम्मेवारीबाट पछि नहटी शान्ति सुरक्षा कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो ।

प्रहरी कर्मचारीले कठिन परिस्थितिमा समेत समस्या नदेखाई नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुव्यवस्था कायम गर्ने कार्यमा अतुलनीय योगदान दिँदै आएको प्रहरी नायब उपरीक्षक खड्काले उल्लेख गर्नुभयो ।

दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो । यस्ता कार्यक्रमले प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्यप्रति थप जिम्मेवार र प्रतिबद्ध बनाउनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्ध अझ सुमधुर बनाउन सहयोग पुग्ने भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: बेलुमाया महतारा
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला