उत्तरी नाम्खा, साक्षर गाउँपालिका घाेषणा

Logo
नन्द सिंह मंगलबार, फाल्गुण २७, २०८१

हुम्ला । उत्तरी क्षेत्रकाे नाम्खा गाउँपालिका साक्षर गाउँपालिका घाेषणा भएकाे छ । गाउँपालिकाकाे गत पुस ७ र ८ गतेकाे निर्णय अनुसार फागुन २७ गते साक्षर गाउँपालिका घाेषणा भएकाे हाे ।

´साक्षर गाउँपालिका हाम्रो लक्ष्य: सबै नागरिकलाई बनाउने दक्ष` भन्ने मुल नाराका साथ नाम्खाले पनि साक्षर गाउँपालिका घाेषणा गरेकाे छ ।

हुम्लाका सातवटा गाउँपालिका मध्य अन्तिम पटक नाम्खा गाउँपालिकालाई साक्षर गाउँपालिका घाेषणा गरिए पनि आगामी दिनमा यसकाे लक्ष्य अनुरुप पुर्ण साक्षर गाउँपालिका घाेषणा गर्ने तयारी गरेकाे प्रमुख प्रशासकीय अधिकृत नन्द कृष्ण पाध्यायले जानकारी गराए ।

शिक्षा कार्यविधि र राष्ट्रिय मापदण्ड अनुसार साक्षर गाउँपालिका घाेषणाका लागि नाम्खा गाउँपालिकाले प्रत्यक नागरिकलाई गुणस्तरीय शिक्षाको पहुँचमा जाेड दिने भएकाे अधिकृत पाध्ययकाे भनाइ छ ।

नाम्खा गाउँपालिकामा १५ देखि ५९ उमेर समुहकाे जम्मा जनसंख्या २ हजार ८ सय ८९ मध्ये २ हजार ७ सय ७८ गरि जम्मा ९६.१६ प्रतिसत साक्षरता रहेकाे शिक्षा शाखा प्रमुख डम्बर बहादुर खरालले बताए ।

प्रमुख खरालका अनुसार नाम्खा गाउँपालिका-१ मा ९५.८०, २ मा ९८.९९, ३ मा ९६.१०, ४ मा ९५.०८, ५ मा ९५.२० र वडा नम्बर ६ मा ९५.४८ प्रतिसत रहेकाे छ ।

गाउँपालिका नागरिकहरू सामान्य रुपमा पढ्न र लेख्न सक्ने अवस्था भएपछि साक्षर गाउँपालिका घाेषणा हुन सफल भएकाे गाउँपालिका अध्यक्ष प्रेम लामाकाे भनाइ छ ।

घाेषणा मात्रै नभएर यसलाई दिगाेपना गर्नुका साथै गुणस्तरीय शिक्षाको पनि आवश्यकता रहेकाे गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले सुझाव दिए ।

साक्षर गाउँपालिका घाेषणा कार्यक्रममा हाजिरी जवाफ प्रतियाेगिता, वकतृत्वकला, नृत्य र श्याब्रु नाच लगायतका विभिन्न कृयाकलापरू सञ्चालन गरिएको थियाे ।

जसमा हाजिरी जवाफ प्रतियाेगितामा पहिलो स्थान ताताेपानी आवि केर्मी, दोस्रोमा महावाैद्व मावि यालवाङ र तेस्रोमा वुद्व आवि हेप्का रहेकाे छ । भने ´प्रविधिमय साक्षरता आजकाे आवश्यकता` भन्ने शृषकमा भएकाे वकतृत्वकला प्रतियाेगितामा पहिलाे महावाैद्व मावि यालवाङ, दोस्रोमा तातोपानी आवि केर्मी र तेस्रोमा वुद्व आवि हेप्का रहेकाे छ ।

क्रमश पुरस्कृत विद्यालयहरूलाई नगद राशी सहित पुरस्कार वितरण गरिएकाे थियाे ।

 

 

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला