पहिरोले गोठभित्रै पुरिएर २७ बाख्रा मरेः२९ घाइतेः २५ वेपत्ता

विहिबार विहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ को गोरुपालि छाहारे खेतमा रहेको एक गोठभित्र पुरिएर २७ बाख्रा मरेका छन् ।
Logo
Karnali Serophero बिहिबार, बैशाख ०४, २०८२

हुम्ला । विहिबार विहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ को गोरुपालि छाहारे खेतमा रहेको एक गोठभित्र पुरिएर २७ बाख्रा मरेका छन् । अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका ८१ बाख्रा मध्ये २७ बाख्रा बाढी पहिरो आउँदा पुरिएर मरेका हुन् ।
भेडिगोठ भित्र पहिरो पस्नुका साथै गोठ भत्किदा २७ बाख्रा मर्नुका साथै २९ वटा घाइते बाख्राको उद्धार गरिएको छ भने २५ वटा बाख्रा वेपत्ता भएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताउनुभयो । गोठ भित्र पहिरो खस्दा ८१ मध्ये २९ वटा घाइते अवस्थामा गाउँलेको सहयोगमा जिवीत निकालिएको उपरिक्षक पोखरेलको जानकारी दिनुभयो ।

अन्य २५ वटा बाँकी बाख्राको खोजी कार्य भइरहेको छ । यो पटक एक्कासी आएको वर्षाले आफुलाई ठूलो क्षति गरेको पिडित किसान बुढाले बताउनुभयो । निकै दुख, कष्ट र मेहनतका साथ पालिएका बाख्रा पहिरो खस्दा मरेपछि ठूलो घाटा व्यहोर्नु परेको बुढाको भनाई छ । हुम्लामा प्रति बाख्राको १५ देखि रु २० हजार सम्म मूल्य पर्ने गर्दछ ।

त्यस्तै सोही अविरल वर्षाका कारण अदानचुली–२ स्थित छेणे बुढाको घर समेत जोखिम अवस्थामा रहेको प्रहरीले जनाएको छ । उक्त घर वरिपोरी पहिरो खस्दा जोखिम भएपछि घरपरिवारलाई उद्धार गरि अर्को घरमा हालका लागि बस्ने व्यवस्था गरिएको बताइएको छ । ऋविरल वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षतविक्षत बनाएको छ । विहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहरा सहित पसलमा राखिएका सामानमा समेत ठूलो क्षति पुर्याएको स्थानीयले बताएका छन् ।

अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडिगोठमा ठूलो क्षति पुर्याएको छ । ११ वटा पसल बगाएर लिएको स्थानीय मोतिलाल महताराले बताउनुभयो । वर्षासँगैको बाढी सहितको लेदोका कारण अदानचुली गाउँपालिका–२ का अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलका सामग्रीमा ठूलो क्षति पुर्याएको हो । यहाँका अधिकांस स्थानीयका घर तथा टहरामा पानी पसेर विजोग बनाएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला