पाँच सरकारी कार्यालयको संयुक्त रुपमा सार्वजिनक सुनुवाई हुने

जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजनमा जिल्लास्थित पाँचवटा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको छ ।
Logo
Karnali Serophero मंगलबार, बैशाख ०९, २०८२

हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजनमा जिल्लास्थित पाँचवटा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको छ । जसमा सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

आर्थिक वर्षको २०८०÷०८१ म भए गरेका कार्य र अन्य विषयवस्तुको समेत सार्वजनिक सुनुवाई हुने भएको छ । सदरमुकाम सिमकोटको बालममन्दिर माध्यामिक विद्यालयमा बैशाख १३ गते शनिबारका दिन सो पाँच वटा सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएकाले आम सेवाग्राहीलाई उपस्थितका लागि अनुरोध गरिएको छ ।

यि विभिन्न कार्यालयको सेवा प्रवाह, विकास निर्माण, विकासे योजना, आयोजनाका विषयमा चित्त नबुझेका कुरा राख्नका लागि हुम्लाका सबै नागरीक उपस्थितका लागि एक सुचना समेत जारी गरिएको छ । ठूला विकासे आयोजना भएका कार्यालयहरु भएकाले सबैको उपस्थित आवश्यक रहेको बताइएको छ ।

सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ को नियम १९ अनुसार कार्यालयको काम, कारवाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउनुका साथै सर्वसाधरण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । हुम्लामा यसअघि जिल्ला प्रशासन, स्वास्थ्य र मालपोत कार्यालयको पहिलो पटक गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा जिज्ञासा राख्ने सेवाग्राही नागरीकको न्युन उपस्थित रहेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला