हुम्ला । टोलवासीलाई डस्टबिन वितरण गरिएको छ । सिमकोट गाउँपालिकाले टोल सफा र सुधारका लागि फोहोर राख्ने डस्टबिन वितरण गरेको हो । गाउँपालिका अध्यक्ष विजय भण्डारीको उपस्थितिमा फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरिएको हो। प्रशासकीय अधिकृत सुवास आलेले सिमकोट–५ को तल्लो गाउँका सात सरसफाइ टोल समितिलाई प्रति टोल पाँच वटाका दरले डस्टबिन वितरण गरेको बताए ।
उनका अनुसार वडा ६ माथिल्लो गाउँका टोल समिति गठन नभएको हुदा गाउँलाई नै लक्षित गरेर १५ वटा डस्टबिन दिएको छ । त्यसै सदरमुकाम सिमकोटभित्र पर्ने मानसरोवर माध्यमिक विद्यालयमा चार वटा, बाल मन्दिर माध्यमिकमा चार, काला सिल्ता आविलाई दुई, हिमाली बहिरा आवासीय विद्यालयलाई दुई वटा र भीमसेन आविलाई दुई गरी पाँच विद्यालयलाई वितरण गरिएको छ ।
बजार व्यवसायको हकमा भने उद्योग वाणिज्य संघलाई गाउँपालिकाले ३० वटा डस्टबिन दिएर बजारको चोकमा आवश्यकताअनुसार राख्ने व्यवस्थाका लागि दिइएको छ । जम्मा ९४ डस्टबिन वितरण गरिएको छ । जम्मा १ सय २० वटा डस्विन गाउँपालिकाले खरिद गरेर ल्याएको थियो । त्यसमध्ये २६ वटा आवश्यकताअनुसार वितरण गर्नका लागि गाउँपालिकाले राखेको छ । गाउँपालिको आर्थिक सहयोगमा डस्टबिन वितरण गरिएको हो ।
डिस्टबिन लिएर त्यसको प्रयोग गर्नका लागि गाउँपालिकाले टोलवासीलाई आग्रह गरेको छ । डस्टबिन फोहोर र भिडभाड हुने स्थानमा राखिने छ भने हरेक हप्ता शुक्रबार गाउँपालिकाबाट फोहोर उठाउने ट्याक्टरमा डस्टबिनमा भएको फोहोर टोलवासी मिलेर राख्नु पर्ने छ । डस्टबिन वितरण कार्यक्रममा सिमकोट वडा ६ का वडा अध्यक्ष नन्द रावत, उद्योग बाणिज्यसंघ जिल्ला अध्यक्ष राम बहादुर भण्डारी, विभिन्न टोल समितिका प्रमुख प्रतिनिधि, सिमकोट विमानस्थल प्रतिनिधि लगायत सहभागी थिए ।