सात महिनादेखि तलव विहिन चिकित्सक

जिल्ला अस्पताल हुम्लाका चिकित्सकहरूले सात महिनादेखि तलव नपाएको गुनासो गरेका छन् ।
Logo
Karnali Serophero बिहिबार, बैशाख १८, २०८२

हुम्ला । जिल्ला अस्पताल हुम्लाका चिकित्सकहरूले सात महिनादेखि तलव नपाएको गुनासो गरेका छन् । गत कात्तिक महिनादेखि जिल्ला अस्पताल हुम्लामा कार्यरत चार जना चिकित्सकहरूले अस्पतालमा सेवा दिए बापतको रकम नपाएको गुनासो गरेका हुन् । छात्रवृति करारमा कार्यरत एमडिजिपी एक जना र मेडिकल अधिकृत तीन जना चिकित्सकहरूले तलव नपाएको बताएका छन् । सङ्घीय सरकार र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको चरम लापर्वाहीका कारण उनीहरूले तलव नपाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका सुचना अधिकारी नन्द बहादुर शाहीले जानकारी दिनुभयो ।

सूचना अधिकारी शाहीका अनुसार पटक पटक कर्णाली प्रदेश सरकारलाई अनुरोध गर्दा समेत सुनुवाइ नभएको हो । सात महिनादेखि तलव नपाउँदा व्यक्तिगत काममा खर्च तथा खटनपटन गर्नलाई निकै समस्या परेको जिल्ला अस्पताल हुम्लामा कार्यरत चिकित्सक एमडिजिपी हिमविक्रम शाहीले गुनासो गर्नुभयो । तलव नआएकै कारण घर खर्च समेत टार्न गाह्रो भएको एमडिजिपी शाहीले दुख व्यक्त गर्नुभयो । कर्णाली प्रदेश सरकारको लाचारीपनले तलव नआउनुका साथै काम गर्ने जाँगर पनि घट्न सक्ने शाहीको भनाइ छ ।

आफू चार जना चिकित्सक गरेर हालसम्मको ३० लाख ६६ हजार ५ सय २० रपियाँ नपाएको शाहीले बताउनु भयो । यसका लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले पटक पटक प्रदेश सरकारलाई अनुराधे गरेको थियो । तर पनि स्वास्थ्य सेवा विभाग र सामाजिक विकास मन्त्रालयको लापर्वाहीका कारण कुनै सुनुवाइ नभएको सूचना अधिकारी शाहीको भनाइ छ । तलव नपाउने चिकित्सकहरूमा मेडिकल अधिकृत छक्क बहादुर थापा, सर्जन सिंह, खरस्ती पर्जापती र एमडिजिपी हिम विक्रम शाही रहेका छन् । यस अघि मात्रै कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जीवन बहादुर शाहीले जिल्ला अस्पताल हुम्लामै पुगेर उनीहरूको समस्या समधान गर्ने आश्वासन दिनु भएको थियो । तर उहाँले पनि समस्या समधान गर्नु भएन सूचना अधिकारी शाहीले बताउनु भयो ।

सामाजिक विकास मन्त्रालयका उपसचिव सुवर्ण खड्काले उक्त विषयमा सङ्घीय सरकारलाई पटक पटक अनुरोध गरेकाले वैशाख पहिलो साता सङ्घीय सरकारले तलव प्रदेशमा पठाएको भन्ने जानकारी गराए पनि प्रदेशको सिस्टममा हालसम्म नदेखाएकोले तलव पठाउन नसकेको बताउनु भयो । यसका लागि कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई ताकेता लगाएको र अब छिटै समधान हुने उपसचिव खड्काले बताउनु भयो । केन्द्रको स्वास्थ्य मन्त्रालयले रकम पठाउने भएको र यसको अक्तियार आउँदासाथ चिकित्सकले तलव पाउने आश्वासन कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनस्याम भण्डारीले बताउनु भयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला