पिडितलाई राहत दिएर रेडक्रस हुम्लाले बिश्व दिबस भब्य रुपमा मनायाे

Logo
ओबराज शाही बिहिबार, बैशाख २५, २०८२

जिल्ला रेडक्रस साेसाइटि हुम्लाले दुई जना नागरिकलाई कमल र पाल दिएर मनाएकाे छ । विश्व रेडक्रस दिवसकाे अबसारमा सिमकाेट ७ कि भाेटेनि शाही र वडा ८ का जगबिर शाहीलाई राहत स्वरुप दुई कमल र एक पाल दिएर मनाएकाे रेडक्रस साेसाइटि जिल्ला मन्त्री अर्जुन बाेहराले बताए । विश्व रेडक्रस दिवसकाे अबसरमा जिल्ला स्वास्थ्य सेवा कार्यलयमा भर्ना भएका बिरामीलाई फलफुल दिएर मनाउने तयारी भएपनि केही विशेष कारणले गर्न नसकिने भएपछि दुई वडाका बिपन्न र केही समय बर्षा र आगलागीबाट पिडित  भएका घरपरिवारलाई छनाेट गरेर राहत  दिएर मनाएकाे रेडक्रस मन्त्री बाेहराकाे भनाइ छ ।

बिहीबार भएकाे विश्व रेडक्रस दिवस मे ८ मा पर्ने भएकाले जिल्लामा मात्र नभएर विश्व भरि विभिन्न कार्यक्रम गरेर मनाउने गरेकाे हाे । रेडक्रसकाे दिवस मात्र नभएर जन्म जयन्तीकाे रुपमा पनि लिएकाे रेडक्रस साेसाइटिका केन्द्रीय सदस्य एवम कार्यक्रमका प्रमुख अथिति गाेकुकल बुडाले बताए । केन्द्रीय सदस्य बुढाका अनुसार आजबाट नेपाल भरि र अन्य देशमा रेडक्रस लागू भएकाे दिन वा  जन्म जयन्ती १ सय ९७ बर्ष पूरा गरेकाे बताए । रेडक्रसका पिता जाेन हन्ड्र टिउन्नले इटाली बाट युद्धमा मारिएका वा पिडितलाई सेवा गर्दै याे रेडक्रस स्थापना भएकाे जनाए । याे नेपाल सहित १सय ९० देशमा लागू भएकाे जनाए ।

त्यस्तै कार्यक्रमका अध्यक्ष एवम रेडक्रसका आजिव सदस्य सँगै उपसभापति तिर्थराज राेकायाले भने रेडक्रस देशै भरि सात सिद्धान्तमा आधारित भएर चल्दै आएकाे बताए । रेडक्रसले समग्र दुई घटनामा आधारित भएर राहत उपलब्ध गराउने जनाए । जस्तै मानवीय घटना र प्रकृतिले तुल्याउने घटाननमा आधारीत रहेर गाउँ घरमा फिरिकष्टमा काम गरेर राहत वितरण गर्ने भने । रेडक्रस जिल्लाका दस ठाउँमा उपशाखा खाेलीएकाे छ ।

उक्त उपशाखले हरेक घटनाका काममा सेवा दिनु आवस्यक देखिएकाे छ। विश्व रेडक्रस दिवसमा आजिवन सदस्य राेकाया , केन्द्रीय सदस्य बुढा , मन्त्री बाेहरा ,काेषा अध्यक्ष मन्दिर सिंह , रानिवन उपशाख सभापति सुन्दर रावत, जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि ,सेवालिने सेवाग्राही र संन्चार कर्मिकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला