गाउँमै पुगेर अशक्तलाई नागरिकता प्रदान

भौगोलिक हिसावले हुम्ला जिल्ला निकै विकट र कठिनाई मानिन्छ ।
Logo
नन्द सिंह आइतबार, बैशाख २८, २०८२

हुम्ला । भौगोलिक हिसावले हुम्ला जिल्ला निकै विकट र कठिनाई मानिन्छ । तर पनि पहिलो पटक गाउँमै पुगेर हुम्लाका प्रमुख अधिकारी नारायण पाण्डेयले जेष्ठ नागरिक (अशक्त) व्यक्तिलाई नागरिकता प्रदान गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेयले नाम्खा गाउँपालिका–१ स्थित ताङगिन गाउँका ७५ वर्षीय छिङ सन्डुप तामाङलाई घरमै पुगेर नागरिकता (प्रतिलिपि) प्रदान गर्नु भएको हो ।

विगत आठ वर्षदेखी तामाङको स्वास्थ्यमा खरावी आएपछि नागरिकता पाउनबाट बञ्चित हुनु परेको आफन्त पाल्देन तामाङले बताउनुभयो ।
आफन्त तामाङका अनुसार नेपालमा ६० वर्षको उमेरदेखी सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) पाउने प्रव्धान भए पनि छिङ सन्डुपले विगत १५ वर्षदेखी नै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुनु परेको हो ।

तामाङको नागरिकता तेलमा परेर कुनै अक्षर नदेखिएपछि वडा कार्यालयले उहाँको सामाजिक सुरक्षा भत्ता कटौती गर्दै आएको थियो । उक्त सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएको भन्दै यस अघिका प्रमुख जिल्ला अधिकारीहरूलाई अशक्त बनेका तामाङलाई नागरिकता उपलव्ध गराई दिने भन्दै पटक पटक अनुरोध गरे पनि सुनुवाई नभएपछि तामाङ उक्त भत्ताबाट बञ्चित हुनु परेको आफनतको भनाई छ ।

तामाङ विगत आठ वर्षदेखि पक्षघात भएर शरिरको पुरै दव्रे भाग चल्ने तर दायाँ भाग नचल्ने भएपछि सदरमुकाम सिमकोट पुग्न नसकेकै कारण घरमै थला पर्नु परेको थियो । घरमै थला परेका तामाङका लागि आफन्तले हालका प्रमुख जिल्ला अधिकारी पाण्डेयलाई नागरिकता उपलव्ध गराई दिन अनुरोध गरेपछि शनिबार गाउँमै पुगेर तामाङको हातमै नागरिकता उपलव्ध गराउनुभयो ।

नागरिकता उपलव्ध गराउँदा तामाङले निकै खुसी व्यक्त गर्नुभयो । सरकारबाट उपलव्ध हुने विभिन्न सेवासुविधाबाट बञ्चित हुनु परेको वेला प्रमुख जिल्ला अधिकारी गाउँमै पुगेर नागरिकता हातमै प्रदान गर्दा अव सामाजिक सुरक्षा भत्ता लगायत विभिन्न सेवा पाउँने ढुक्कता भएको तामाङले बताउनुभयो ।

नाम्खा गाउँपालिका–१ को हेप्का गाउँसम्म यतिवेला यातायातका साधनहरू सञ्चालन हुने गर्दछन । तर सडक निर्माण नगरेका कारण सोही वडाको ताङगिन गाउँमा भने सवारी साधन चलेका छ्रैनन् । हेप्का गाउँदेखि साढे दुई घण्टा लाग्ने गर्दछ । नागरिकता वितरणमा नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा पनि सोही ठाउँ पुग्नु भएको थियो ।

सेवा दिनकै लागि हुम्ला आएकोले जिल्लामा यस्ता समस्या देखा परे कुनै कसुर बाँकी नराखि गाउँ तथा टोलमा पुगेर नागरिकता प्रदान गर्न तयार भएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला