

हुम्ला । सिमकाेट गाउँपालिका-७ काे डाँडाफयामा गाडी दुर्घटना भएकाे छ । वैशाख ३१ गते सदरमुकाम सिमकाेटबाट डाँडाफयाकाे माझगाउँ तर्फ जाँदै गरेकाे भे १ च १६८५ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे । गाडी दुर्घटना हुँदा दुई जना घाइते यात्रु गम्भीर घाईते भएका छन् ।
ओरालो सडकमा गुडी रहेको गाडी एक्कासी सडकबाट तल उल्टो खसेको हो । घाईते हुनेमा झला बुढा र रछानी बुढा रहेकी छन । उनीहरुको उमेर खुलेको छैन । घाईते दवै जना वडा नम्बर ८ को स्याँडा गाउँकी हुन । उनीहरु दुवै जनालाई स्थानीयवासी र प्रहरी मिलेर गाडीमा जिल्ला अस्पलमा थप उपचारका लागि पठाईएकोे छ ।
दुर्घटनामा चालक सहित दश जना यात्रु रहेको र त्यसमा एक जना बालक रहेका थिए । अन्य यात्रुहरु सामान्य घाईते भएको र उनीलाई डाँडाफयाँ स्वास्थ्य चौकीमा उपचार भई रहेको छ । प्रहरी घटनास्थलमा पुगी सकेको र घटनाको थप बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।