विरामीलाई फ्रुटी र कैदीबन्दीलाई मञ्जन ब्रस वितरण

अनेरास्ववियु र राष्ट्रिय युवासंघले जिल्ला अस्पताल हुम्लामा भर्ना भएका विरामीलाई फ्रुटी र विस्कुट वितरण गरेको छ ।
Logo
नन्द सिंह बिहिबार, जेठ ०१, २०८२

हुम्ला । अनेरास्ववियु र राष्ट्रिय युवासंघले जिल्ला अस्पताल हुम्लामा भर्ना भएका विरामीलाई फ्रुटी र विस्कुट वितरण गरेको छ । नेकपा एमाले पार्टी निकट भातृ संगठन अनेरास्ववियु र युवासंघले विहिबार विहान जिल्ला अस्पतालमै पुगेर विरामीहरूलाई उक्त सामग्री वितरण गरिएको हो ।
अनेरास्ववियुको ६१ औँ र युवासंघको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल हुम्लाको आकस्मिक विभाग (इमरर्जेन्सी) मा भर्ना भएका विरामीहरूलाई राहत स्वरुप उक्त सामग्री सहयोग गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य जयराज सन्ज्याले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा विभिन्न समस्याले उपचाररत विरामीलाई थोरै भए पनि मलमपट्टी होस् भन्दै दिवसको अवसरामा यसको थालनी गरिएको हो ।

हाल जिल्ला अस्पताल हुम्लाको आकस्मिक विभागमा ९ जना विरामीहरू उपचाररत छन् । उनिहरु मध्य चार जना पुरुष र पाँच जना महिला रहेका छन् । जसमा चार जना गाडी दुर्घटनामा परि घाइते, एक जना निमोनिया र अन्य चार जना ज्वरो, रुघाखोकी लगायतका विरामी रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लका प्रमुख प्रतिक्षा भारतीले बताउनुभयो ।

प्रमुख भारतीका अनुसार गर्मीको समय भएकाले दैनिक दिन विरामीको संख्या वृद्धि हुँदै जानुका साथै उनिहरूको उपचार पनि अस्पतालमै हुने गरेको छ । जिल्ला अस्पतालमा केही स्रोतसाधन अभाव भएको खण्डमा र जिल्लामा उपचार हुन नसक्ने विारमीलाई भने सुविधा सम्पन्न जिल्ला बाहिरका अस्वतालमा पठाउने गरेको प्रमुख भारतीको भनाई छ ।

अस्पतालमा रहेका विरामीलाई प्रमुख प्रतिक्षा भारती, अनेरास्ववियुका केन्द्रिय सदस्य जयराज सन्ज्याल, युवासंघका केन्द्रिय सदस्य दिनेश रावत, युवासंघका सन्तोष रावल, कर्मचारी संगठनका जिल्ला उपसचिव मिमसिंह नेपाली लगायतका व्यक्तिहरूले फ्रुटी र विस्कुट वितरण गर्नु भएको थियो ।

उक्त सामग्री वितरणपछि अस्पतालमा उपचाररत खार्पुनाथ गाउँपालिका–३ राया गाउँका बाँचबहादुर टमटाले फ्रुटी र विस्कुट वितरणले खुसी व्यक्र गर्नुभयो । थोरै भए पनि यसले गर्दा केही राहत भएको विरामी टमटाले महसुस गर्नुभयो ।

कैदीबन्दीलाई मञ्जन ब्रस सहयोग

जिल्लामा कारागार नभएर प्रहरीको हिरासतमा बस्दै आएका कैदीबन्दीहरूलाई पनि मञ्जन ब्रस सहयोग गरिएको छ । अनेरास्ववियु र राष्ट्रिय युवासंघको आर्थिक सहयोगमा विहिबार दिउसो ४ वजे प्रहरीको हिरासतमा रहेका कैदीबन्दीहरूलाई शारीरिक सरसफाइका लागि उक्त सामग्री सहयोग गरिएको युवासंघका सन्तोष रावलले बताउनुभयो ।

प्रहरी नायव उपरिक्षक संखर पोखरेलको अनुमति अनुसार अनेरास्ववियु र राष्ट्रिय युवासंघकोको संयुक्त आयोजनामा वितरण गरिएको थियो । दिवसको अवसरमा केही राहत हुने भन्दै दुईवटै संगठनले यो कार्य गरेको रावलले बताउनुभयो । जिल्लामा कारागार नभएकोले हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा ११ जना कैदीबन्दी र थुनुवाहरू बस्दै आएको प्रहरी निरिक्षक जंगबहादुर सिंहले बताउनुभयो ।

उनिहरू मध्य हाल प्रहरी हिरासतमा चार जना कैदी, पाँच जना बन्दी र दुई जना सोदपुछका व्यक्ति रहेको प्रहरी निरिक्षक सिंहको भनाई छ । प्रति व्यक्ति एक÷एक वटा मञ्जन ब्रस वितरण गरेपछि कैदीबन्दीहरूले खुसी व्यक्त गरेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला