लिमिको तिल गाउँमा गयो बाढी पहिरो

Logo
नन्द सिंह शुक्रबार, जेठ ०२, २०८२

नाम्खा गाउँपालिका–६ स्थित लिमिको तिल गाउँमा बाढी पहिरो आएको छ । बिहिबार राती एक्कासी तिलगाउँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा राती ११ बजेबाट बाढी पहिरो आएको हो । बाढी आएपछि स्थानियबासीन्दालाई रातीकै समयमा सुरक्षति स्थान हिमशिखर आधारभुत बिद्यालयको खुल्ला चौरमा सारिएको लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । अध्यक्षकाे गाउँ हल्जी भएकाले आफु विहान ६ वजे पहिरो ग्रस्त क्षेत्रमा पुगेको उहाँले बताउनुभयो ।

तिल गाउँमा रहेका वडा सदस्य तेम्बा तुण्डुप लामा लगायतका व्यक्तिहरूले आफुलाई जानकारी गराए अनुसार राती नै स्थानीयबासीलाई सुरक्षित स्थानमा राख्न सफल हुँदा मानविय क्षेती भने नभएको बताउनुभयो । बिना बर्षा एक्कासी बाढी आउदा स्थानिय त्रसीत बनेका छन् । यसरी बाढी आउनुको कारण गाउँमाथी रहेको हमिताल फुटेर हुन सक्ने वडा सदस्य लामाको भनाई छ ।

राती एक्कासी बाढी आउदा तिल गाउँबाट गुम्बा आवतजावत गर्नेबाटो अबरोध भएको छ । प्रहरीलाई बाढी आएको जानकारी शुक्रबार बिहान ८ बजे मात्र खबर भएको प्रहरी नायव उपरिक्षक संखर पोखरेलले बताउनुभयो । उहाँका अनुसार लिमिमा चिसो हुने भएकाले प्रहरीको टोलि गत कार्तिकमै सदरमुकाम सिमकोटमा झरेकोले पुनः प्रहरी चौकी स्थापना गर्नु पर्ने भएको छ ।

अवको केही दिनमा लिमिमा पनि प्रहरी चौकी स्थापना हुने उपरिक्षक पोखरेलले बताउनुभयो । बाढी पहिरो आएको जानकारी भएकाले हिल्साबाट विहान ९ वजे नेपाल प्रहरी र ससस्त्र प्रहरी बल गरि १३ जनाको टोलि पहिरो ग्रस्त स्थानमा प्रस्थान गरेको उपरिक्षक पोखरेलको भनाई छ । हिल्साबाट उक्त तिल गाउँ पुग्नलाई ६ घण्टा समय लाग्ने गर्दछ ।

क्षतीको विवरण भने प्रहरी पुगि सकेपछि मात्रै आउने भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानबिय क्षेति नभएको र त्याहाँ रहेका १८ घरपरिवार सामुदायिक बिद्यलयमा सुरक्षित राखिएको खवर आएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला