निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले दुई जनालाई छात्रवृत्ति प्रदान

Logo
ओबराज शाही शुक्रबार, जेठ ०२, २०८२

सामाजिक उत्तरदायित्व अन्तरगत प्रत्येक बर्ष प्रदान गरिने माध्यामिक तह उत्तीर्ण ग्राहक सदस्यका छोरा छोरिलाई छात्रवृत्ति तथा  पुरस्कार प्रदान गरिएकाे  छ । छात्रवृत्ति तथा पुरस्कार निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट प्रदान गरिएकाे  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कुमार न्याैपानेले बताए । प्रमुख न्याैपानेका अनुसार डा.हरिहरदेव पन्त स्मृतिकाे अवसरमा दुई जना लाई छात्रवृत्ति तथा पुरस्कार प्रदान गरेकाे जनाए ।

प्रत्येक वर्ष सिमिकोट शाखाबाट प्राप्त निवेदन मध्ये सर्बोत्कृष्ट अंक प्राप्त गर्ने छानेर छात्रवृत्ति तथा पुरस्कार दिने ब्यवस्था भए अनुसार आज पनि दिएकाे हाे । छात्रवृत्ति तथा पुरस्कार स्याडा मालिकाकी सदस्य जान्की बुढाको छोरी भुपना बुढा र जबुका समुहकि धनकला सिंह को छोरा सर्जन सिंहलाई कार्यलयले छात्रवृत्ति तथा पुरस्कार दिएकाे कार्यलयकाे स्राेतले जनाएकाे छ। दुबै जनालाई एक कार्यक्रम गरेर कार्यक्रमले दस हजारका दरले पुरस्कार दिएकाे छ ।

पुरस्कार दिनेकाे मुख्य उदेश्य भनेकाे पढाइमा केही राहत मिलाेस भन्ने हेतुले याे कार्य गरेकाे हाे । याे कार्य सिमकाेट शाखामा मात्र नएर नेपालमा भएका सबै शाखाबाट विभिन्न कार्यक्रम गरेर मनाईन्छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला