महिलाहरूका लागि राडिपाखी बुनाई तालिम

रैथाने तथा परम्परागत सिप प्रवद्र्धन कार्यक्रम उन्र्तगत एक महिने राडिपाखी बुनाई तालिमको उद्घाटनसत्र सम्पन्न भएको छ ।
Logo
Karnali Serophero शनिबार, जेठ ०३, २०८२

हुम्ला । रैथाने तथा परम्परागत सिप प्रवद्र्धन कार्यक्रम उन्र्तगत एक महिने राडिपाखी बुनाई तालिमको उद्घाटनसत्र सम्पन्न भएको छ ।
सामाजिक विकास कार्यालय हुम्लाको आयोजनामा शनिबार विहान साढे ११ वजे तालिमको उद्घाटनसत्र कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमका लागि सामाजिक विकास कार्यालयको सुचना अनुसार सिमकोट र नाम्खा गाउँपालिकाका स्थानीयहरूको सहभागिता रहेको छ ।

जसमा महिलाहरूलाई मात्रै सहभागिता गराइएको छ । नाम्खा गाउँपालिकाका ६ जना र सिमकोट गाउँपालिकाका ७ जना महिला सहभागिहरूलाई आजैबाट उक्त तालिमको व्यवस्था गरिएको छ । सहभागि महिलाहरूलाई प्रमुख जिल्ला अधिकारी नारायाण पाण्डेयले सिप सिकेर कार्यन्वयनमा ल्याउन आग्रह गर्नुभयो ।

आर्थिक स्रोतको आम्दानीका लागि सिप सिक्न आवश्यक्ता रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको प्रमुख आतिथ्य तथा सामाजिक विकास कार्यालय हुम्लका कार्यालय प्रमुख हर्कबहादुर बस्नेतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक संखर पोखरेल, पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावत, मानवअधिकारकर्मी (इन्सेक) प्रतिनिधि नन्द सिंह लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रम सञ्चालन सामाजिक विकास कार्यालयका लेखा अधिकृत भक्तबहादुर शाहीले गर्नु भएको थियो । उक्त तालिम आगामी असार २ गतेसम्म सञ्चालन हुने भएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला