नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

Logo
Karnali Serophero आइतबार, जेठ ०४, २०८२

काठमाडौं । जेठ ४ गते पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् ।

पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् । शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।

महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।

पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा  तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी’ का अध्यक्ष तथा प्रधान सम्पादक समेत रहेका छन् ।

विकले विगतमा अनुसन्धानमूलक पत्रकारितामार्फत सामाजिक विकृति, अपराध र सत्ता दुरुपयोगका विविध घटनाहरुलाई उजागर गर्दै आएका छन् ।

शाखाले  विकलाई विश्वास व्यक्त गरेको छ कि विकको पत्रकारिता अनुभव र सक्रियताले महासंघको सूचना व्यवस्थापन थप प्रभावकारी र जनमुखी बन्नेछ ।

नयाँ जिम्मेवारी पाएकोमा विकले महासंघप्रति आभार प्रकट गर्दै पत्रकारहरूको हकहित र सूचना प्रवाहमा आफू पूर्ण रूपले समर्पित रहने बताएका छन् ।

यस  निर्णयसँगै विकले शाखा र पत्रकारबीच सेतुको भूमिका निर्वाह गर्ने अपेक्षा गरेको शाखाका सचिव रमेश कुमार बोहोरा बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला