दुई सातादेखि घाम देख्न नपाएको कैदीबन्दीको गुनासो

जिल्लामा कारागार नभएर प्रहरीको हिरासतमा बस्दै आएका कैदीबन्दीहरूले दुई सातादेखि घाम देख्न नपाएको गुनासो गरेका छन् ।
Logo
नन्द सिंह सोमबार, जेठ ०५, २०८२

हुम्ला । जिल्लामा कारागार नभएर प्रहरीको हिरासतमा बस्दै आएका कैदीबन्दीहरूले दुई सातादेखि घाम देख्न नपाएको गुनासो गरेका छन् । प्रहरीको हिरासतमा रहेका केही कैदीबन्दीहरूको दुई साता अगाडी एक आपसमा विवाद चुलिएपछि प्रहरीले आफूहरूलाई बाहिर ल्याएर घाम ताप्ने कुरालाई बन्देज गरेको कैदीबन्दी बाँचबहादुर बोहराले बताउनु भयो ।

प्रहरी हिरासतमा कैदीबन्दी र थुनुवाले नेपाल सरकारबाट पाउनु पर्ने सेवासुविधा खासै उपलव्ध नभएको, ओड्ने ओछ्याउने कपडा र खाने कुरा समेत राम्रो नदिएको, बाहिरबाट आफन्तले ल्याएको खानेकुरा समेत खान नदिनु, आफन्तलाई समेत राम्रोसँग भेटघाट गर्न नदिनु लगायतका समस्या भएको कैदीबन्दी बोहराले गुनासो गर्नुभयो । कैदीबन्दीहरूलाई नुहाउन, कपडा धुनको व्यवस्था समेत नगराउँदा विरामीले थला पर्नु पर्ने अवस्था रहेको कैदीबन्दीहरूले बताउने गरेका छन् ।

जिल्लामा कारागार नभएकोले हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा ११ जना कैदीबन्दी र थुनुवाहरू बस्दै आएको प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताउनु भयो । उनीहरू मध्य हाल प्रहरी हिरासतमा चार जना कैदी, पाँच जना बन्दी र दुई जना सोधपुछका व्यक्ति रहेको प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।

प्रहरी निरीक्षक सिंहका अनुसार बाहिरबाट ल्याइएको खानेकुरामा कुनै पनि विषादी मिसाएको हुन सक्ने भएकोले खानेकुरालाई बन्देज गरेको हो । उहाँले यो उनीहरूकै हितका लागि गरेको बताउनु भयो ।
त्यस्तै, प्रहरी निरिक्षक सिंहले दुई हप्ता अगाडी प्रहरी हिरासतमा दुई जना कैदीबन्दीहरूले विवाद गरेका कारण बाहिर घाम ताप्न ल्याउँदा रीसको झोकमा आवेगमा आई उनीहरूले ढुङ्गामुढा गर्न सक्ने भएकाले बाहिर ल्याउन नसकिएको बताउनु भयो ।

यस अघि प्रहरीको हिरासत अगाडी कैदीबन्दीहरूलाई घाम ताप्ने व्यवस्था गरिएको थियो । बाहिरको खाने कुरा ल्याउँदा सुरक्षाकर्मीलाई समस्या पर्ने भएका कारण त्यसलाई बन्देज गरिएको निमित्त जेलर डवल रावतले बताउनुभयो । जिल्लामा कारागार निर्माणधीन अवस्थामा रहेको जेलर रावतको भनाइ छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला