चार वटा गाउँपालिकामा बालअधिकार तथा बाल संरक्षण सम्बन्धी अभिभावक बैठक सम्पन्न

Logo
ओबराज शाही सोमबार, जेठ ०५, २०८२

जिल्लाका चार वटा गाउँपालिकामा बालअधिकार तथा बाल संरक्षण सम्बन्धी अभिभावक बैठक सम्पन्न गरेकाे छ । बैठकमा बालश्रम, बालविवाह, यौन दुर्व्यवहार र डिजिटल सुरक्षाबारे अभिभावक लाई सचेत गराएकाे गुड नेवर्स इन्टरनेशनल नेपाल हुम्ला प्रमुख नारायण चाैधरिले बताए ।

प्रमुख चाैधरीका अनुसार किर्डाक नेपाल र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लाकाे सिमकोट, सर्केगाड, चंखेली र खार्पुनाथ गाउँपालिकाका विभिन्न वडाहरूमा बाल अधिकार तथा बाल संरक्षणबारे अभिभावकलाई बैठमा बाेलाएर सचेत गराएकाे थियाे । चार गाउँपालिकाकाे ८ स्थानमा आयोजित ती बैठकहरूमा ३ सय ६२ जना अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बालअधिकारका चार आधारभूत पक्ष (बाँच्न पाउने अधिकार, बिकासको अधिकार, संरक्षणको अधिकार, र सहभागिताको अधिकार), विद्यालय जान छोडेका बालबालिकाको पुनः भर्ना, बालश्रम तथा बालविवाह विरुद्धको सामूहिक प्रतिबद्धता, यौन दुर्व्यवहार र घरेलु हिंसाबाट सुरक्षा, तथा इन्टरनेट/सामाजिक सञ्जालको सुरक्षित प्रयोगबारे व्यापक छलफल गरिएको थियो।बैठकले २० वर्ष मुनिका बालबालिकाले विवाह नगर्ने नगराउने, कुनै बालबालिका श्रममा संलग्न भएको देखिएमा प्रहरी कार्यालय, बाल हेल्पलाइन १०, ९८ वा गुड नेवर्स इन्टरनेशनल नेपालको टोल-फ्री नम्बर १६६००१९२०२१ मा जानकारी गराइने निर्णय गरेको छ। यस्तै, डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका सामाजिक सञ्जाल तथा इन्टरनेटको दुरुपयोगमा पर्न सक्ने सम्भावनाबारे छलफल गर्दै अभिभावकहरूले आफ्ना छोराछोरीसंग नियमित संवाद राख्ने, उनीहरुको मोबाइल र इन्टरनेटको प्रयोगमा निगरानी राख्ने र सिकाइमुखी सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने लगायत यौन दुर्व्यवहार तथा घरेलु हिंसाका घटनामा चुप नबस्ने प्रतिवद्धता जनाएकाे छ ।

बैठकमार्फत स्थानीय समुदायमा बालअधिकार र बाल संरक्षणबारे चेतना अभिवृद्धि हुनुका साथै बालबालिकाको हितमा अभिभावकहरूको सक्रियता उल्लेख्य रूपमा बढेको गुड नेवर्स इन्टरनेशनल नेपाल जिल्ला कार्यालय हुम्लाका कार्यक्रम अधिकृत गोविन्द कुमार चौधरीले बताए । यस प्रकारको पहलले बालमैत्री समाज निर्माणतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा समेत कार्यलयले राखेकाे छ । बैठकहरू जेठ २ र ३ गते भएर सम्पन्न गरिएकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला