१८ वर्षिया गर्भवती महिलाको हेलिकप्टरबाट उद्वार

Logo
ओबराज शाही मंगलबार, जेठ ०६, २०८२

जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाको नेपाली सेनाको हेलिकप्टरबाट उद्वार गरिएको हो। ३२ हप्ता भित्रै सुत्केरी बेथा लागेर जिल्ला अस्पताल हुम्लामा उपचार गर्न चंखेली गाउँपालिकाबाट ल्याईएको थियो ।

यता उपचार हुन नसकेपछि जिल्ला बाहिर रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख प्रतिक्षा भारतीले जानकारी दिएकी छन । सुत्केरीको शरिरमा पुरै बिबिरा खाल्को पनि थियो शरिरमा रगतको मात्रा कम भएकोले र यताबाट औषधी हुन नसकेपछि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको कार्यालय प्रमुख भारतीको भनाई छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निजलाई हुम्ला जिल्ला अस्पतालबाट नेपाली सेनाको हेलीकप्टरबाट उद्धार गरिएको हो । निजको उद्धार अहिले वेलुका करिव साढे दुई वजे तिर गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला