

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्बन्धी ‘छलफल तथा अभिमुखिकरण’ कार्यक्रम सम्पन्न गरिएकाे छ । उद्योग वन बाताबरण तथा पर्यटन मन्त्रलयकाे आयाेजनामा हिमाली जिल्ला हुम्लामा पहिलाे पटक अभिमुखिकरण कार्यक्रम संचालन भएकाे हाे । याे कार्यक्रम २०८१ मंसिर ११ देखि २०८५ असाढ सम्म हुने छ ।
याे कार्यक्रम तीनै तहका संघ, प्रदेश र स्थानीय को समन्वय, सहकार्य र लागत साझेदारीमा कार्यक्रम सञ्चालन हुदै आएकाे छ । याे कार्यक्रमले वैदेशिक राेजगार सम्बन्धि काम गर्दै आएकाे देखिन्छ । याे कर्णाली प्रदेशमा लागू भए देखि १५ स्थानीय तहमा राेजगार, श्रम स्वीकृत सम्बन्धित काम गर्दै आएकाे र नेपालीले दुख्ख पाएमा यसले ठुलाे भुमिका खेल्दै आएकाे देखिन्छ । २०८०/ ८१ सम्म वैदेशिक राेजगारकाे स्वीकृत लिने प्रदेशमा सबै भन्दा बढि मदेश प्रदेश र सबै भन्दा कम कर्णाली प्रदेश रहेकाे उद्योग वन बाताबरण तथा पर्यटन मन्त्रालयका लेखा अधिकृत धनप्रसाद शर्माले बताए ।
लेखा अधिकृत शर्माका अनुसार वैदेशिक राेजगारमा स्वीकृत लिनेमा कर्णाली प्रदेशकाे हुम्ला बाट पनि ४सय ९१ पुरुष र ७० जना महिला गरि ५ सय ६१ जनाले स्वीकृत लिएर गएकाे जनाए । वैदेशिक राेजगारबाट ९२ प्रतिशत भित्रिएकाे रेमिटेन्स बाट नेपालमा खर्च हुने र बाकि राेजगारमा गएका घर परिवारले खर्च गर्ने देखिन्छ भने हरेक जिल्लाकाे छुट्टै रेमिटेन्स भित्रिने तथ्यांक भने उल्लेख गरिएकाे छैन् ।
जिल्लाका सात वटा गाउँपालिका भएपनि दुई गाउँपालिका सिमकाेट र सर्केगाडमा लागू भएको छ । मुख्य गरि याे कार्यक्रमले पाँच वटा बिषयमा काम गर्दै आएकाे छ । जस्तै सुचनामा पहुँच पुर्याउने लक्ष्य , न्यायमा पुहुच, मनाे सामाजिक प्ररामर्श सेवा, वित्तीय साक्षर्ता कक्षा र सीप तालिम लगाएकाे बिषयमा काम गर्दै वैदेशिक राेजगार जानेलाई सक्षम बनाउने लेखा अधिकृत शर्माकाे भनाइ छ। त्यस्तै अभिमुखिकरणमा वैदेशिक राेजगार जानेले बिमा अनिबारे गर्ने र बिमा गरेकाे खन्डमा मृत्यु ,अपांग , बिरामी जस्ता कुरामा यसले ठुलाे सहयाेग गर्ने वैदेशिक राेजगार बाेट कार्यक्रम अधिकृत विष्णु अर्यालले बताए । याे तथ्यांक हेर्दा हुम्लाकाे जिल्ला प्रशासन बाट राहदानी लिनेकाे संख्या भने ५८ जना पुरुष र ६६ जना महिला गरि १ सय २४ जना रहेका देखिन्छ । याे कार्यक्रमकाे स्वीस सरकार विकासकाे सहयोग र एसडीसीले कार्यक्रमको गुणस्तरीयता र क्षमता अभिवृद्धिको निम्ति प्राविधिक सहयोग प्रदान गरेकाे छ भने हेल्भेटास नेपाल र स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग गरेकाे छ ।
सनिवार भएकाे अभिमुखिकरणमा मन्त्रालय बाट आएका उद्योग वन बाताबरण तथा पर्यटन मन्त्रालयका लेखा अधिकृत शर्मा, वैदेशिक वाेट कार्यक्रम अधिकृत अर्याल , उपेन्द्र गुरुङ ,विपना पाैडेल, समन्वय प्रमुख शिवराज शर्मा , सिमकाेट गाउँपालिका अध्यक्ष बिजय भन्डारी,खार्पुनाथ अ गाउँपालिका अध्यक्ष कर्ण रावल,उपाध्यक्ष ज्ञान बहादुर सिंह, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही , अदानचुली गाउँपालिका अध्यक्ष माेहन बिक्रम सिंह, उपाध्यक्ष कर्ण राेकाया, सात गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ,राेजगार शाखा प्रमुख , पत्रकार महासंघ अध्यक्ष राजन रावत, इन्सेक प्रतिनिधि नन्द सिंह , संन्चारकर्मि लगाएतकाे सहभागी रहेकाे थियाे ।