जेष्ठ नागरीका लागी मनोरन्जन र पुस्त हस्तान्तण कार्यक्रम संचालन

Logo
ओबराज शाही शनिबार, जेठ १०, २०८२

जेष्ठ नागरीका लागी मनोरन्जन र पुस्त हस्तान्तण कार्यक्रम संचालन भएको छ । उक्त कार्यक्रम सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र जेष्ठ नागरिक जिल्ला संघको आयोजनामा संचालन भएको हो । हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ५ का जेष्ठ नागरिका लागी सदरमुकाम सिमकोटमा संचालन भएको कार्यक्रममा १ सय २७ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा जिल्ला न्यायाधीश शुम्भु प्रसाद वरालले जेष्ठ नागरिक सम्बन्धि संवैधानिक व्यवस्थाका बारेमा उपस्थितहरुलाई प्रशिक्षण गराएका थिए । त्यसै गरी सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर वस्नेतले जेष्ठ नागरीकहरुलाई संचालन हुने ज्ञान सिप सम्बन्धी र दिवा सेवा संचालनका प्रक्रिया लगाएतका बारेमा जानकारी गराएका थिए ।

सोही कार्यक्रमको उत्घाटन सत्र कार्यक्रमको अध्यक्ष सोही सँघका जिल्ला अध्यक्ष अदान सिंह रावतको अध्यक्षता र जिल्ला समन्वय प्रमुख शिवराज सर्माको प्रमुख आतिथ्य संगै जिल्ला न्यायाधीश शुम्भु प्रसाद बरालको विशेष आतिथ्य रहेको थियो । उक्त कार्यक्रममा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावल सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह जिल्ला स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रतिक्षा भारती सामाजिक विकास कार्यालय प्रमुख हर्कबहादुर बस्नेत आयुवेर्द स्वास्थ्य सेवा केन्द्रका प्रमुख चाहाना सर्मा पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत इन्सेक प्रतिनिधि नन्द सिंह लगाएतका व्यक्तित्वको उपस्थित रहेको थियो ।

ज्येष्ठ नागरिक परिवार, समाज तथा राष्ट्रका अमूल्य निधि हुन्। तिनले आर्जित गरेका अनुभव, सीप र ज्ञानबाट परिवार, समाज र राष्ट्रले धेरै फाइदा लिन सक्छ। वास्तवमा ज्येष्ठ नागरिक इतिहासका साक्षी र भविष्यका पथप्रर्दशक हुन् भन्ने भनाइ जिल्ला समन्वय प्रमुख शिवराज सर्मा राखे । ज्येष्ठ नागरिकको विशेष हेरचाह र सम्मान गर्नु परिवार, समाज र राज्यको दायित्व र कर्तव्य हो। स्वास्थ्य क्षेत्रमा सुधारका कारण ज्येष्ठ नागरिकको संख्या बढ्दो छ।

यसरी ज्येष्ठ नागरिकको संख्यामा वृद्धि हुदै गएको अवस्थामा तिनको पालनपोषण, स्वास्थ्य, उपचार तथा समाजिक सुरक्षामा उचित ध्यान दिन नसके जीवन झन् कष्टकर हुन सक्छ खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल बताए । त्यस्तै गाउँपालिका बाट हुने जेष्ठ नागरिकका लागि सेवा भरपुर दिने सिमकाेट गाउँपालिका अध्यक्ष भन्डारीले बताए । नेपालका ज्येष्ठ नागरिकको समस्या शारीरिकमात्र होइन, मुख्य समस्या त समाजिक र मानसिक हो बाेल्ने बक्ताले राखेका थिए ।

उक्त कार्यक्रममा जेष्ठ नागरिकलाई खाएर हेल्थ बनाउन च्यवनप्राश एक डिब्बा र हाखुट्टा दुखे लगाउने एक बाेदल माहानारण तेल आयुवेर्द कार्यलयबाट सबैलाई बितरण गरेकाे कार्यलय प्रमुख शर्माले बताइन् ।उक्त कार्यक्रम जिल्लाका हरेक पालिकामा अब  संचालन हुँदै जाने सोही संघका अध्यक्ष अदान सिंह रावतले बताए।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला