तिल गाउँ बस्ती स्थानान्त्रणको माग

Logo
नन्द सिंह मंगलबार, जेठ १३, २०८२

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को तिल गाउँ स्थानान्त्रणका लागि प्रदेश तथा संघिय सरकारलाई माग गरिएको छ । जेठ १ गते विहिबार राती ११ बजे एक्कासी माथिबाट आएको बाढी पहिरोको उच्च जोखिम रहेपछि जिल्ला विपत व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सरकारलाई बस्ती स्थानान्त्रणको माग गरिएको हो ।

मंगलबार जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा बसेको बैठकले नाम्खा गाउँपालिकाको तिल गाउँ पहिरोको उच्च जोखिम रहनुका साथै बाढी पहिरोले क्षेती गरेको क्षेतीपुर्तिको व्यवस्थापन गर्न सिफारिस गरिएको छ । सोही दिन माटो, ढुङ्गा, धुलो, लेदोसहितको बाढी आउँदा दरार उत्पन्न भई उक्त दरार नजिक रहेका केही घरहरु चर्किएका, गाउँमा रहेका ५० घरहरु मध्ये १८ घरमा बस्ने ३२ जना विस्थापित भएका, १५ किलोवाट क्षमताको निर्माण सम्पन्न भई सञ्चालनमा आइनसकेको लघु जलविद्युत आयोजनाको पावरहाउस, एउटा पानी घट्ट, तिल र हल्जी गाउँ जोड्ने काठको पुल, खानेपानीको ट्याङ्की लगायतका संरचनामा क्षति पुगेको थियो ।

उक्त घटनाको कारण तथा भविष्यमा उक्त बस्ती बसोबास योग्य भए÷नभएको सम्बन्धमा सिफारिस गर्न राष्ट्रिय विषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको विज्ञ टोलीले निकालेको निष्र्कषले उक्त विपदजन्य घटनाको जानकारी आएपछि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर छलफल गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।

उक्त बैठकले यस वर्षको मनसुन सुरु हुन लागेको र यो मनसुनले यस जिल्लालाई बढी नै प्राभावित गर्नसक्ने पूर्वानुमान भइरहेको सन्दर्भमा मनसुनजन्य विपद्ले बाढी पहिरो आई पैदल एवम् यातायातका अन्य साधनहरुको आवागमन अवरुद्ध हुनसक्ने, बालिनालीमा क्षति पुग्नसक्ने, निजी आवास तथा सरकारी कार्यालयमा क्षति पुग्नसक्ने जस्ता घटनालाई मध्य नजर गर्दै यसको पूर्व तयारीको व्यवस्था गर्ने बताइएको छ ।

त्यस्तै बाढी पहिरोमा परी अन्य जनधन समेतमा क्षति पुग्नसक्ने सम्भावना रहने हुँदा मनसुनजन्य विपद्बाट प्रभावितहरुको खोज, उद्धार तथा राहत लगायतका कार्यका लागि जिल्लामा रहेका विपद् व्यवस्थापनको क्षेत्रमा क्रियाशील सबै सरकारी, गैरसरकारी निकायहरुले यस सम्बन्धमा गर्नुपर्ने पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक जनशक्ति, लजिष्टिक, पूर्वचेतावनी प्रणाली एवम् सञ्चार प्रणालीलाई चुस्तदुरुस्त अवस्थामा राख्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला