

खार्पुनाथ गाउँपालिका–४ स्थित छिप्रा गाउँ बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको छ । मङ्गलवार एक कार्यक्रमका बीच गाउँपालिकाको वडा नम्बर ४ लाई बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको हो । खार्पुनाथ गाउँँपालिकाको ‘शान बालश्रम तथा बालविवाह मुक्त गाउँपालिका हाम्रो अभियान’भन्ने मूल नाराका साथ जिल्लाकै पहिलो बालश्रम तथा बालविवाह मुक्त वडाको रूपमा खार्पुनाथ गाउँपालिका–४ छिप्रालाई बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको वडा नं.४ का वडा अध्यक्ष रंगमती शाहीले बताउनुभयो ।
स्थानीय सरकारले १८ वर्ष उमेर नपुगी कुनै पनि श्रम र २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल बालश्रम तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । खार्पुनाथ गाउँपालिकाको बालश्रम तथा बालविवाह मुक्त रणनिति २०७६ अनुसार बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा कार्यकम अन्तर्गत ४ नं. वडालाई बाल श्रम तथा बालविबाह मुक्त गर्ने योजना स्वरुप वडा नं ४ लाई बाल श्रम तथा बालविबाह मुक्त वडा घोषणा गरिएको वडा अध्यक्ष शाहीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै अवदेखि छिप्रा लगायतका टोलका बालबालिका अर्काको घरमा परनिर्भर भएर बस्नु पर्ने, होटेल तथा कुनै कम्पनीमा काम गर्नु पर्ने, २० वर्ष उमेर नपुगि विवाह गर्नु पर्ने लगायतका समस्याबाट छुटकरा भएकै कारण यो वडालाई उक्त कार्यको थालनि गरिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनुभयो ।
खार्पुनाथ गाउँपालिकाको समन्वय, गुड नेवर्स ईन्टरनेशनल नेपाल र किर्डाक नेपालको सहजिकरणमा खार्पुनाथ गाउँपालिका वडा नं. ४ को आयोजनामा गरिएको एक कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले वडालाई बालश्रम तथा बालविबाह मुक्त वडा घोषणा गर्नुमा यो गाउँपालिका सफल भएको बताउनुभयो ।