प्रभात फेरि गरि प्रेस युनियन हुम्लाले स्थापना दिवस मनायाे

Logo
ओबराज शाही मंगलबार, जेठ १३, २०८२

नेपाल प्रेस युनियन जिल्ला शाखा हुम्लाले आज आफ्नो ३४ औ स्थापना दिवस जिल्लामा प्रभात फेरी कार्यक्रम संचालन गरी मनाएको छ । जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्रीक चोकमा जम्मा भइ व्यान सहित सिमकोट बजार परिक्रम गरी तल्लो बजार सम्म पुगी प्रेस युनियनको स्थापना दिवस मनाएको थियो । प्रेश युनियनको केन्द्रिय निर्देशन अनुसार आज पहिलो दिन प्रभावत फेरी कार्यक्रम संचालन गरेको छ भने यसै गरी विरामी लाइ फलफुल फुटल आयोजना लगायतका अन्य काम पनि क्रमस गर्दै जाने नेपाल प्रेश युनियन जिल्ला शाखा हुम्लाको जेठ १२ गते बसेको बैठकले निर्णय गरेको छ ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको थियो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ ।

२०४८ सालमा स्थापना भएको यो सङ्गठन यतिखेर व्यवसायिक तथा पेशागत रूपमा स्थापित हुँदै आएको छ । यसको उत्पत्ती नै ट्रेड युनियनवादको अवधारणा अनुरुप भएको हो । ट्रेड युनियन संसारका सम्पूर्ण श्रमजीवीहरूको संरक्षणको केन्द्र हो । ट्रेड युनियन कुनै औद्योगिक प्रतिष्ठानमा काम गर्ने मजदुरहरु मात्र नभई सबैखाले काम गरेर जीविकोपार्जन गर्ने शिक्षक, कर्मचारी, किसान, पत्रकारहरूको हकहित संरक्षण ट्रेड युनियनवाद भित्र अन्तरनिहीत रहेको नेपाल प्रेश युनियन हुम्लाका अध्यक्ष राज शाहीले बताएका छन् ।

नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला