

रेडियो कैलासको १७ औ स्थापना दिवशको भव्यताका साथ मनाइएको छ । जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी राजनैतिक दल जनप्रतिनिधि पत्रकारहरुको उपस्थितमा उक्त दिवस मनाइएको हो । सो दिवस सामुदायीक रेडियो कैलासका कार्यवाहक अध्यक्ष कर्णबहादुर रावलको अध्यक्षता र जिल्ला समन्वय प्रमुख शिवराज सर्माको प्रमुख आतिथ्य सँगै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिह र चंखेली गाउँपालिका अध्यक्ष प्यारी शाही प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेय प्रहरी नायव उपरिक्षक संकर पोखरेको आतिथ्यमा उक्त स्थापना दिवस मनाइएको हो । सोही दिवसको शुभकामना मन्तव्य राख्दै सोही कार्यक्रमका अध्यक्ष एव रेडियो कैलासका कार्यवाह अध्यक्ष कर्णबहादुर रावलले यसरी आफ्नो भनाइ राखेका थिए।
अधिकाँस वोल्ने वक्ताहरुले रेडियो प्रशासरणको समाय अवधि बढाउनु पर्नेमा जोड दिएका थिए । सोही स्थापना दिवशको अवसरमा कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री एव रेडियो कैलास व्यवस्थापन समितिका अध्यक्ष जिवनबहादुर शाहीले स्नोल्याण्ड एकीकृत विकास केन्द्र-नेपालद्वारा सञ्चालित सामुदायिक रेडियो कैलाश एफ.एम. १०३ थोप्लो ४ मेगाहर्जले १७ वर्षे सफल यात्रा पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
आजको ऐतिहासिक दिनको सुभ-अवसरमा रेडियोका आमश्रोता, विज्ञापनदाता, सरकारी तथा गैरसरकारी निकाय, सहयात्री संघ–संस्थाहरू, सञ्चालक समिति, सञ्चारकर्मी, कर्मचारी भाइ बहिनी, शुभेच्छुक तथा सम्पूर्ण हुम्लावासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी हरूमा हार्दिक कृतज्ञता प्रकट उक्त शुभकामना मन्तव्यमा व्यक्त गरेका छन्