पालिका स्तरीय स्वास्थ्य क्षेत्रको बार्षिक वजेट तथा योजना तर्जुमा सम्वन्धि कार्यक्रम सम्पन्न

सर्केगाड गाउँपालिका स्तरीय स्वास्थ्य क्षेत्रको बार्षिक वजेट तथा योजना तर्जुमा सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ ।
Logo
छपाल लामा शुक्रबार, जेठ १६, २०८२

सर्केगाड गाउँपालिका स्तरीय स्वास्थ्य क्षेत्रको बार्षिक वजेट तथा योजना तर्जुमा सम्वन्धि कार्यक्रम सम्पन्न भएको छ । वाेनहाड वोल्डवाइडकाे आर्थिक सहयोग तथा स्नोल्याण्ड एकिकृत विकास केन्द्र (एसआइडिसि) हुम्लाको समन्वय र स्थानीय तहको साझेदारीमा गाउँपालिका स्तरिय स्वास्थ्य क्षेत्रको बार्षिक वजेट तथा योजना तर्जुमा सम्वन्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

उक्त गैरसरकारी संस्थाले सर्केगाड गाउँपालिकामा एक कार्यक्रम सञ्चालन गर्दै गाउँपालिका भरिका स्वास्थ्य संस्थाहरूसंग छलफल गर्नुका साथै वार्षिक रुपमा भए गरेका गतिविधिको प्रस्तुतीकरण समेत गरिएको थियो । मातृ तथा नव शिशु स्वास्थ्य सेवा सुदृढीकरण अन्तरगतको कार्यक्रममा गाउँपालिकामा रहेका स्वास्थ्य संस्था मताहतका बर्थिाङ सेण्टर गुणस्तरीय गर्ने र त्यसलाई स्तरउन्नती बनाउने कार्यक्रमको पहिलो उदेश्य रहेको परियोजना संयोजक अनु रोकायाले जानकारी दिनुभयो ।

संयोजक रोकायाका अनुसार गाउँपालिका भित्रका छवटा स्वास्थ्यचौकी र दुईवटा आधारभूत स्वास्थ्य इकाइका प्रमुख, सर्केगाड गाउँपालिकाका आठवटा वडा मध्य छवटा वडा अध्यक्ष र कर्मचारीहरूसंग स्वास्थ्यका क्षेत्रमा छलफल गरिएको थियो । जसमा जैर स्वास्थ्यचौकी, रिप स्वास्थ्यचौकी, बराई स्वास्थ्यचौकी, साँया स्वास्थ्यचौकी, रोडिकोट स्वास्थ्यचौकी, गोठि स्वास्थ्यचौकी लगायतका स्वास्थ्य संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूसंग सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक किरण बुढाले स्वास्थ्य क्षेत्रको आफ्नो प्रस्तुतीकरण गर्नु भएको थियो ।

दुर्गम तथा ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थामा जहिले पनि औषधि अभाव र उपचारमा समस्या हुने भनिएपछि समाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरूले हेरचाहा गर्ने गरिएको छ । सर्केगाड गाउँपालिका भित्रका स्वास्थ्यचौकी र बर्थिङ सेन्टरहरू व्यवस्थित र गुणस्तरिय बनाउनु पर्नेमा कार्यक्रम मार्फत जोड दिएको छ ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्र भएकाले स्थानीय तहले यी विभिन्न समस्या हल गर्नका लागि आफु लागि पर्ने सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले बताउनुभयो । उहाँले गाउँपालिकामा यावत समस्या छन । तर पनि पहिलो प्रथामिकता स्वास्थ्य क्षेत्रमा दिने बताउनुभयो ।
त्यस्तै मातृ तथा नवजात शिशु प्रत्यक्ष रुपमा महिलासंग जोडिएको र आफु पनि महिलाकै नेतृत्व गर्दे जनप्रतिनिधि बनेको हुँदा यहाँका हरेका समस्यालाई समधान गर्न मेरो पनि पहलकदमी रहने गाउँपालिका उपाध्यक्ष देवकी तिमिल्सिनाले बताउनुभयो ।

उहाँले दुर्गम क्षेत्रका महिलाहरू गर्भवती हुँदा समयमै उपचार र उद्धार नगरिदा अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ । अव त्यस्तो हुन नदिन मैले विभिन्न निकायसंग पहल गरि सुरक्षित रुपमा उद्धार गर्ने उपाध्यक्ष लेतिमिल्सिनाले प्रतिबद्धता जनाउनुभयो । त्यस क्षेत्रमा रहेका स्वास्थ्य संस्थाको प्रत्येक महिनामा अनुगमन गर्ने, कर्मचरीले के कस्तो काम गर्दैछन् र औषधिको अवस्था के छ भन्ने विषयमा अनुगमन तथा निग्रानी गर्ने उपाध्यक्ष तिमिल्सिनाकाे भनाई छ ।

उक्त कार्यक्रम हुम्लाका सातवटै गाउँपालिकामा लागु भएको र बर्थिङ सेन्टरमा आवश्यक पर्ने औषधि, उपकरण, स्वास्थ्यकीर्मीलाई क्षमता अभिवृद्धिका लागि परिक्षण दिने र मातृ र नवजात शिशुको स्वास्थ्य सुदृढीकरणलाई केन्द्रित गर्ने वाेनहाड वोल्डवाइडका जिल्ला संयोजक प्रकास शर्माले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला