सामुदाय स्वास्थ्य प्राप्ताङ्क बाेड संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न

चंखेली गाउँपालिका–४ र ६ का गर्भवती आमा, स्वास्थ्य संयमसेविका र स्वास्थय व्यवस्थापन समिति र जनप्रतिनिधिहरूसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
Logo
छपाल लामा शुक्रबार, जेठ १६, २०८२

हुम्ला । चंखेली गाउँपालिका–४ र ६ का गर्भवती, सुत्केरी आमा, स्वास्थ्य संस्था व्यवस्थापन समिति र जनप्रतिनिधिसंग एक दिने अन्तरक्रिया कार्यक्रम गरिएकाे छ । वाेनहाड वाेल्डवाइडकाे आर्थिक सहयोग, स्नोल्याण्ड एकिकृति विकास केन्द्र (एसआइडिसी) हुम्लाको समन्वय र स्थानीय तहको साझेदारीमा उक्त कार्यक्रम सन्चालन गरिएको हो ।

दुईवटा वडाका गर्भवती, सुत्केरी आमा, सामुदायिक महिला स्वास्थ्य संयमसेविका, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्था व्यवस्थापन समितिका लागि सन्देश मुलक कार्यक्रम सन्चालन गरिएको थियो । मातृ तथा नवजात शिशुको स्वास्थ्य सुदृढीकरण कार्यक्रम अन्तरगत गाउँमा रहेका गर्भवती र सुत्केरी आमाहरूलाई सचेतिकरण गरिएको वाेनहाड वोल्डवाइडका जिल्ला संयोजक प्रकास शर्माले बताउनुभयो ।
गाउँमा रहेका गर्भवती, सुत्केरी आमा, सामुदायिक स्वास्थ्य स्वयंमसेवका, स्वास्थ्य संस्था व्यवस्थापन समिति, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुलाई सहभागि गराई उनिहहरूलाई सचेतीकरण गरिएको बताइएको छ ।

वाेनहाड वोल्डवाइडका जिल्ला संयोजक शर्माले गर्भवती आमाहरूलाई नियमित रुपमा गर्भ परिक्षण गर्ने, घरमा हुने सुत्केरीको न्युनिकरण गरि बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउने, गर्भवती आमालाई गर्भ अवस्थामा पोसिलो खाने कुरा खानुका साथै सरसफाइमा विशेष ध्यान दिने लगायतका जनचेतना मूलक जानकारी गरिएको थियो ।

चंखेली गाउँपालिका–४ र ६ का जनप्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समिति र स्वास्थ्यकर्मीलाई स्वास्थ्य क्षेत्रलाई वेवस्थित र गुणस्तरीय बनाउनका लागि छलफल गरिएको हो । स्वास्थ्यचौकी अनुगमन गर्ने क्रममा सोही गाउँपालिका–६ स्थित मेल्छाम स्वास्थ्य चौकीमा विभिन्न समस्या देखा परेको छ ।

जसमा सोही स्वास्थ्यचौकीमा बाहिरबाट पानी आएर बर्थिङ सेन्टरको वाल भत्कन थालेको, उपकरण भए पनि विधुत अभावका कारण सेवा प्रवाहमा समस्या, मापदण्ड विपरितको भवन निर्माण भएको देखिएको छ । त्यस्तै सोही गाउँपालिका–४ को श्रीमष्ठा स्वास्थ्यचौकीमा पनि घेरावारको समस्या, सौचालय अभाव, खाने पानी पर्याप्त नभएको र बर्थिङ सेन्टरमा पर्याप्त स्रोतसाधन नहुँदा स्वास्थ्यकर्मीलाई सुत्केरी गराउन समस्या भएको पाइएको छ । उक्त समस्याका कारण जिल्ला संयोजक शर्माले सम्वन्धित वडा अध्यक्ष र स्वास्थ्य व्यवस्थापन समितिका व्यक्तिहरूलाई कार्यक्रममा सुझाव दिनु भएको थियो ।

चंखेली गाउँपालिका–२ स्थित दार्मा स्वास्थ्य चौकी, जिल्ला अस्पताल हुम्ला र अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्यचौकीमा वाेनहाड वोल्डवाइड परियोजनाले सातवटा गाउँपालिका मध्य तीनवटा हव सेन्टर निर्माण गरि सिमिलेशन कक्ष स्थापना गरिएकाे छ ।

जसमा प्रती हव सेन्टरका लागि २ लाख ३३ हजार ८ सय ६८.२५ रुपिया बराबरकाे सामग्री सहयाेग गरिएकाे क्लिनिकल फिल्ड अफिसर रिञ्जिन लामाले बताउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला