खार्पुनाथ गाउँपालिका वडा ५ कुरिल्लामा झुलुङ्गे पुल निर्माण सम्पन्न

Logo
ओबराज शाही शुक्रबार, जेठ १६, २०८२

हुम्लाको खार्पुनाथ गाउँपालिका वडा ५ काे कुरिल्लामा झुलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएकाे छ । प्रदेश सरकारको ५९ लाख ५७ हजार ३ सय ५६ लागतबाट निर्माण भएकाे पुलकाे आज उद्घाटन गरिएकाे छ । उक्त पुलकाे क्षेत्रगत कार्यक्रम बाट लठ्ठा तथा बुल्ड र गुरियस २ लाख ३४ हजार ८ रुपैयाँ त्यस्तै श्रमदान १लाख २५ हजार ६६ लागत लगाएर कुल बजेट ६२ लाख ८३ हजार ३ सय ७१ रुपैयाँ ५७ पैसा लागतमा पुल निर्माण गरिएकाे स्नाेल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाका कारिकारी निर्देशक गाेबिन्द बहादुर शाहीले बताए ।

निर्देशक शाहीका अनुसार २०८१ साल १२ महिना ५ गते पुलकाे सम्झौता भएकाे थियाे भने २०८२ साल १ महिना १० गते पुल निर्माण गरेर शुत्रबार पुलकाे उद्घाटन गरेकाे जनाए । पुल ५९ मिटर लम्बाई रहेकाे छ ।

आज पुलकाे रिवन काटेर उद्घाटन गरिएकाे छ । पुलकाे उद्घाटन खार्पुनाथ गाउँपालिका वडा ५ का वडा अध्यक्ष भरत जंग शाहीले गरेका थिए । पुल निर्माणमा स्नाेल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाका प्रबिधिक साेनाम लामा खडिदै आएका थिए । पुल निर्माणमा पूर्वाधार विकास कार्यालय हुम्लाले सहजीकरण गरेकाे थियाे । उक्त पुल निर्माण हुदा सिमकाेट गाउँपालिका वडा ४ , ५ ,६ र खार्पुनाथ गाउँपालिका वडा ५ र ४ का स्थानीयलाई सहज भएकाे छ ।

पुल नहुदा खाेला तर्नु पर्ने बाध्यता थियाे अब पुल बने पछि खाेला तर्नु पर्ने बाध्यता हटेकाे स्थानीयले बताएका छन् । पुल निर्माण भए पछि मानिसलाई मात्र नभएर पशु बस्तुलाई पनि सहज भएकाे छ । त्यस्तै याे पुल निर्माण हुदा बाटाे हिड्ने बटुवालाई पनि ठुलाे सहज दिएकाे छ ।

आज भएकाे उद्घाटन कार्यक्रममा खार्पुनाथ गाउँपालिका वडा ४ र ५ का स्थानीय , सिमकाेट ४ ,५र ६ का स्थानीय खार्पुनाथ गाउँपालिका वडा ५ का अध्यक्ष शाही , स्नाेल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाका कारिकारी निर्देशक शाही , पुर्ब धार बिकास कार्यलयका प्रतिनिधि गाेरा रावत, प्रबिधिक लामा लगाएतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला