

नेपाली फुटवल महिला राष्ट्रिय खेलाडी दिपा शाहीको तस्बिर अङ्कीत टिसर्ट सार्वजनिक गरिएकाे छ । फुटबल खेलाडी शाहीको सम्मान र सहयोग गर्नका लागि हुम्ला फुटबल ऐकेडेमीले उक्त टिसर्ट निकालेर रेडियो कैलाशका निर्देशक एवम राष्ट्रिय महिला फुटबल खेलाडीका काका जनक बहादुर शाहीलाई दिएर सनिवार उक्त टिसर्ट पत्रकार महासंघका अध्यक्ष राजन रावत लाई पत्रकार बाट प्रचारप्रसार गर्न हस्तान्तरण गरिएकाे थियाे । नेपाली महिला राष्ट्रिय खेलाडी शाहीले फुटबलको क्षेत्रमा पुर्याएको योगदान उच्च कदर गर्दै उनको तस्बिर अङ्कीत टिसर्ट छाप्ने कार्य भएको ऐकेडेमीका अध्यक्ष बिष्णु रावतले बताए।
साथै उनलाई अझै फुटबलका क्षेत्रमा प्रेरणा मिलोस र हौसला बढाउनका लागि ऐकेडेमीले यो काम गरेकाे काका जनक बहादुर शाहीले जनाए ।पहिलो पटक पाँच सय थान टिसर्ट छाप्ने कार्य पुरा भएको छ । यो टिसर्ट बिक्रीबाट आउने रकमको साठी प्रतिशत खेलाडी शाहीलाई नै सहयोग गर्ने बाँकी चालीस प्रतिशत ऐकेडेमीले प्रशिक्षण सामाग्रीका लागि लिईने भएकाे छ । ऐकेडेमीले ग्रासरुट फुटबलको क्षेत्रमा जिल्लामा काम गर्दै आएको छ भने खेलाडी शाही पनि हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका– ५ की स्थायी बासिन्दा हुन। आज पत्रकारहरुलाई खेलाडीका काकाले आठ थान खेलाडी शाहीकाे तस्बिर अंकित गरेकाे टिसर्ट दिएर सार्वजनिक गरिएकाे थियाे । टिसर्ट सार्वजनिक कार्यक्रममा जिल्लाका सबै पत्रकार ,नेपाली काग्रेस उपसभापति बसन्त राेकाया, नेकपा एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही , नेकपा माओवादी केन्द्र सचिव धर्मराज बाेहरा लगाएको सहयोगी रहेकाे थियाे ।