कर्मचारी विच मैत्रीपुर्ण खेल

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी सङ्गठन बिच मैत्रीपुर्ण खेल सञ्चालन भएको छ ।
Logo
नन्द सिंह सोमबार, जेठ १९, २०८२
फाेटाे क्याप्सनः कर्मचारी संगठन बिच मैत्रीपुर्ण भएको खेल । तस्विरः नन्द सिंह

हुम्ला । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी सङ्गठन बिच मैत्रीपुर्ण खेल सञ्चालन भएको छ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठन बिच सोमबार मैत्रीपुर्ण फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ उक्त दिन सञ्चालन भएको मैत्रीपुर्ण खेलमा नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले नेपाल निजामती कर्मचारी संगठनलाई लत्याउदै पहिलो बन्न सफल भएको छ । तीनका विरुद्ध चार गोल गर्दै नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले चार र नेपाल निजामती कर्मचारी संगठनले तीन गाेल हानेका हुन् । मैत्रीपुर्ण फुटसल प्रतियोगिता सोमबार अपरान्हको पाँच बजेबाट सुरु भएको थियो ।

प्रतियोगिता माओबादी केन्द्रको केन्द्रीय सदस्य सुस्मिता शाही र नेकपा एमाले जिल्ला उपाध्यक्ष प्रकाश बहादुर शाहीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । खेलको पहिलो गोल राकस सदस्य दलजित कार्किले गोल गर्नु भएको थियो । खेल चार÷तीन को रोमन्चमा समापन भएको थियो ।

खेलले दुबै कर्मचारी बिच सद्भाव बिस्वास र आत्मियता साटासाट गरि कर्मचारिको समस्यामा साझा धारण निर्माण गर्ने बिस्वास रखिएको नेपाल निजामती कर्मचारी सङगठनका अध्यक्ष महेन्द्र रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला