

हुम्लाको सदरमुकाम सिमकाेट सँग जाेडिएकाे खार्पुनाथ गाउँपालिकाकाे अर्धबार्षिक सार्वजनिक समिक्षा तथा सुझाव संकलन २०८२/ ८३ काे कार्यक्रममा वडा पाँचका वडा अध्यक्ष भरत जंग शाहीले काम गर्ने कालू मकै खाने भालु भन्ने जस्तै जाे काम गर्दैनन् उसले ठुलाे कुरा गर्छन् भन्ने धारण राखेका छन् । समाजमा जाे अगुवाइ गर्छ र काम पाउने तर लुट मचाउने जस्ता ब्यक्तिले कुरा काट्दै गएकाे धारण ब्यक्त राखे। उनले सिधै भने राजनिती दल सबैलाई आफुले कुरा गर्नु भन्दा पनि कतै बाट बजेट ल्याएर आउ अनि बिकास गर भन्ने भनाइ राखे त्यस्तै राजनितिक दल सबैलाई घाेचेर खान पाए खाने (चाेर) शब्द दिए । याे अर्धबार्षिक सार्वजनिक सुनुवाइमा जाे चाेर उसकै ठुलाे साेर नगर्दा हुन्छ जस्ता कुरा राखे ।
गाउँ घर बिकास भएन उपभोक्ता समिति राख्दा आफ्ना ब्यक्ति राख्ने परिपाटि पनि चलेकाे छ यसमा जाे समाजमा अगुवाइ गर्छ उसलेनै याेजना लिएर ब्यक्ति वाद गरेकाे प्रष्ट पारे । याेजनामा पुराना जनप्रतिनिधि र अहिलेका जनप्रतिनिधिले याे गरेकाे पनि भने । जनता लाटाे भएर बिकास कम हुँदै गएकाे र अब सबै बाठाे हुनु पर्छ र झाेले भएर यस्ताे अबस्था आएकाे जनाए ।
गाउँपालिकाकाे अर्धबार्षिक सार्वजनिक सुनुवाइमा जिल्लाका पत्रकारहरुलाई खाेज परिपाटी नभएर ब्यक्ति वाद पाटि वाद भएकाे जनाए । त्यस्तै उनले भने अहिलेका पत्रकार समचार लेख्दा तस्बिर पठाई दिनु पर्ययाे समचार लेखुला , भन्ने पनि छन् । भत्ता पचाएर मात्र काम गरेकाे देखिएकाले पत्रकार (फटाहा) भन्दा पनि फरक नपर्ने जनाए ।
यस्ता कुराले गर्दा बिकास नभएर पैसा कमाउने र बिनास बडि भएकाे देखिने जनाए ।