

हुम्ला । हुम्लाका विद्यालयहरूमा गुणस्तरीय शिक्षा सुधारका लागि विद्यालयहरूमा ई–लर्निडं पोर्टल जडान कार्य सुरू गरिएको छ । लामो समयदेखि हुम्लाका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्थाका रुपमा रहेको आधार विकास नेपाल हुम्लाले विद्यालय र विद्यार्थीको स्तरउन्नती संगै गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यका साथ विद्यालयहरूमा ई–लर्निडं पोर्टल जडान गरिएको हो ।
शिक्षा र सिकाइ प्रणालीलाई आधुनिकीकरण र प्रविधिमैत्री बनाउन विद्यालयहरूमा ई–लर्निडं पोर्टल जडान र कक्षा सन्चालन गरेको आधार विकास नेपाल हुम्लाका शिक्षा संयोजक कुञ्जोक लामाले बताउनुभयो । संयोजक लामाका अनुसार कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विषयहरूको भिज्यूअल कक्षा शिक्षण, अडियो, दृश्य (पाठ्य सामग्री) र अभ्यास सामग्री उपलब्ध गराइएको छ ।
जसले अनलाइन, अफलाइन दुबै माध्यामले कक्षा सन्चालन गर्न सहज हुने भएको छ । स्मार्ट फोन, टिभी र प्रोजेक्टर प्रयोगले समेत कक्षा सन्चालन हुने, सन्दर्भ सिकाइ सामग्रीमा पुस्तकालय प्रयोजनका महत्पूर्ण (कथा, कविता, शब्दकोश, व्याकरण) पुस्तकहरु उपलब्ध गरिएको लामाको भनाई छ ।
संस्थाले विषय शिक्षक अनुपस्थितमा पनि सिकाइ निरन्तर गर्न र कक्षा सहजीकरणमा सहयोग पुर्याउनका लागि यो कार्यको थालनि गरिएको छ । त्यस्तै अन्य धेरै शिक्षण सिकाइ कृयाकलापमा सहयोगी र उपयोगी स्रोतहरु उपलब्ध गरिएको छ । जसमा नाम्खा गाउँपालिका–४ स्थित महाबौद्ध मावि याल्वाङ, वडा नम्वर २ को तातोपानी आधारभूत केर्मी, सिमकोट गाउँपालिका–७ स्थित कर्णाली मावि चौगनफाया, वडा नम्वर ८ को सैपाल मावि स्याँडा र बलभद्र आधारभूत विद्यालय साँतामा एक÷एक सेट प्रदान गगरिएको हो ।
आधार विकास नेपाल हुम्लाको ९० हजार रुपियाँ बरावरको मुल्य र सामग्री जडान सहित १ लाख रुपियाँ आर्थिक सहयोगमा विभिन्न विद्यालयहरूमा जडना गर्ने कार्य भएको हो । यसले अफलाइनमा १ सय मिटर टाडासम्म काम गर्ने र यसबाट स्मार्ट फोन, टीभी र प्रोजेक्टरबाट समेत प्रस्तुती गर्न मिल्ने भएको छ ।