बालश्रम अन्त्य गर्न विद्यार्थीको र्याली

हुम्लामा बालश्रम अन्त्य गर्नका लागि विद्यार्थीले र्याली निकालेका छन् ।
Logo
नन्द सिंह शुक्रबार, जेठ ३०, २०८२

हुम्ला । हुम्लामा बालश्रम अन्त्य गर्नका लागि विद्यार्थीले र्याली निकालेका छन् । जिल्लामा बालबालिकामा हुने सबै किसिमका भेद्भाव अन्त्य यर्ने उदेश्यका साथ सिमकोट गाउँपालिका–८ स्थित सैपाल हिमाल माध्यामिक विद्यालयका विद्यार्थीहरू र्यालीमा उत्रिएका हुन् । गुडनेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल हुम्लाको आयोजना र सिमकोट गाउँपालिका–८ नम्वर वडा कार्यालयको समन्वयमा सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूले एकसाथ बालश्रम अन्त्य हुनु पर्ने भन्दै नारा लगाएका थिए ।

सबैका लागि सामाजिक न्याय, बालश्रमको अन्त्य गरौं भन्ने मुल नाराका साथ विहिबार बिश्व बालश्रम विरुद्धको दिवसका अवसरमा उनिहरूले स्याँडा गाउँभरि नै र्याली निकालेका थिए । र्याली कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, राजनितिक दल र स्थानीय नागरिक गरि करीव ४ सय भन्दा बढीको सहभागिता रहेको किर्डाक नेपाल हुम्लाका सामाजिक परिचालक दिपक सिंहले बताउनुभयो ।

र्याली पछि कोणसभामा परिणत भएको कार्यक्रममा बोल्दै वडा नम्वर ८ का वडा अध्यक्ष कमल बुढाले बालबालिकाहरूलाई अर्काको घर तथा होटेल, कलकारखाना, उद्योगहरूमा काम गर्न लगाउनु दण्डनिय कार्य हो । यसो गरिदा बाबालिकाको मनोवल कम्जोर हुनुका साथै मानशिक सन्तुलन गुम्ने र उनिहरूको पठनपाठनमा समेत प्रभावित हुने गरेको अध्यक्ष बुढाको भनाई छ ।

अध्यक्ष बुढाले स्याँडा गाउँका स्थानीय नागरिकहरू कोही कसैले पनि आ–आफ्ना बालबालिका प्रति यस्तो दुव्र्यवहार नगर्न अनुरोध गर्नुभयो । तर सिमकोट गाउँपालिका–८ नम्वर वडा बालश्रम मुक्त घोषणा अझैसम्म भएको छैन ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला