नाम्खा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुशिश्चित घोषणा गरिएको छ ।
Logo
नन्द सिंह सोमबार, आषाढ ०२, २०८२

हुम्ला । उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुशिश्चित घोषणा गरिएको छ । यस आर्थिक वर्षका लागि नाम्खा गाउँपालिकालाई खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । आइतबार पूर्ण खोप सुनिश्चित भविष्य भन्ने नाराका साथ उक्त गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले छ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको स्वास्थ्य संयोजक ग्याछो लामाले बताउनुभयो । ०–१५ महिनासम्मका ५३ जना छन भने १६–२३ महिनासम्मका ३८ जना गरेर नाम्खा गाउँपालिकामा जम्मा ९१ जना बालबालिका रहेको संयोजक लामाले बताउनुभयो ।

नागरिकको स्वास्थ्यलाई मध्य नजर गर्दै गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकता राख्ने प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्यायले बताउनुभयो । नेपाल सरकारको प्रथामिकतामा परेको कार्यक्रम भएकोले २३ महिना मुनिका बालबालिकालाई १३ प्रकारका रोगका विरुद्ध पुर्ण रुपमा खोप सञ्चालन गरिदै आएको गाउँपालिका उपाध्यक्ष तक्दिर लामाले बताउनुभयो ।

भौगोलिक हिसावले नाम्खा गाउँपालिका विकट, दुर्गम र कठिनाइ हुँदा पनि गाउँपालिकालाई पुर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिनुमा अत्यन्तै सकारात्मक पक्ष रहेको जिल्ला समन्वय समितिका सदस्य सरिता रावतले बताउनुभयो । जतिवेला विभिन्न रोग विरुद्धको खोप सञ्चालन हुदैन थियो । त्यतिवेला बालबालिकाको मृत्यु दर समेत वृद्धि हुँदै गएको थियो । तर अहिले त्यो समस्या न्युनिकरण भएको सदस्य रावतको भनाई छ ।

गाउँपालिका अध्यक्ष प्रेम लामाका अनुसार खोप एउटा व्यक्तिका लागि नभएर सम्पूर्ण मानिसहरुका लागि खोप आवश्यकता छ । स्वास्थ्य नै व्यक्तिका लागि धन हो । जवसम्म स्वास्थ्य सुरक्षित हुँदैन तवसम्म मानिस सक्षम हुन सक्दैन । गाउँपालिका भुगोलका कारण कठिनाइ भए पनि खोप तथा औषाधि समेत पठाउने कार्य तिव्र छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला