

हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले निकट रहेको भातृ संगठन मानव अधिकार एलायन्स हुम्लाले आफ्नो २६ ओैँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ ।
स्थापना दिवसरको अवसर पारी देशभर विभिन्न कार्यक्रम भएपनि हुम्लामा भने आइतबार विहान मानव अधिकार एलायन्स जिल्ला कार्य समिति हुम्लाको आयोजनामा अस्पतालमा भर्ना भएका १२ जना बिरामीलाई फलफुल वितरण गरिएको बताइएको हाे ।
जिल्ला अस्पतालमा भर्ना भएर अस्पतालको बेडमा रहेका विभिन्न रोगका विरामीलाई केरा, आँप र फ्रुटी सहयोग गरिएको मानव अधिकार एलायन्स हुम्लाका अध्यक्ष बलेुमाया महताराले बताउनुभयो । अस्पतालमा भर्ना भएका बिरामीहरुलाई थोरै भएपनि उनीहरुको स्वास्थ्य लाभको कामना गर्दै फलफुल सहयोग गर्न पाउँदा खुसी भएको अध्यक्ष महताराले बताउनुभयो ।
एमाले निकटको मानव अधिकार एलायन्स उक्त भातृ संगठनले हुम्लामा भने पहिलो पटक यहाँका विरामीलाई फलफुल सहयोग गर्दै मनाएको हो ।
त्यस्तै मानव अधिकार एलायन्स हुम्लाले अस्पतालमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरेपछि स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले धन्यवाद समेत दिनुभएको थियो ।
स्थापना दिवसको अवसरमा अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण कार्यक्रममा नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, उपसचिव प्रदिप लामा, नेपाल पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंह, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष राज शाही, प्रेस चौतारीका जिल्ला सह–सचिव लक्ष कामी, प्रेस सेन्टर नेपाल हुम्लाका उपाध्यक्ष भक्तराज ऐडी, सामुदायिक रेडियो प्रशारक संघका जिल्ला अध्यक्ष जनक बहादुर शाही, लगायतको उपस्थित रहेको थियो ।