

हुम्ला । हुम्लाका ठुला तीन दलहरु संविधान र लोकतन्त्रको रक्षाका लागि एक ठाउँँमा उभिएका छन । पछिल्लो देशको बदलिदो राजनीतिक परिवेशका सन्दर्भमा जिल्लामा वसेको दलीय सम्यन्त्रको बैठकले निर्णय गर्दै बिहिवार एक बिज्ञप्ती समेत निकालेका छन ।
साेही दिन दलीय संयन्त्रहको बैंठकले भाद्र २३ र २४ गतेका दिन देशको राजधानी काठमाण्डौं र विभिन्न शहरमा भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अहिलेको विषम परिस्थितिमा शान्ति, संबाद र समाधानका लागि स्पष्ट हुन आग्रह समेत बैठकले गरेको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीले बातए ।
बैठक पछि दलहरुले सम्युक्त रुपमा निकालेको बिज्ञप्ती यस्ताे छ ।
१) जेन–जी आन्दोलनको नाममा यहि भाद्र २४ गते भएको अकल्पनिय आगजनी, तोडफोड, आक्रमण र लुटपाट खेदजनक छन । यसको लागि उच्चस्तरीय न्यायिक छानविनको माग गर्दछौं ।
२) जेन–जी आन्दोलनका एजेण्डाहरुको सम्मान गर्दै बर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोज्नुपर्छ । यसको लागि सर्वपक्षिय बैंठक आब्हान गर्न अनुरोध गर्दछौं ।
३) यो परिबेशमा धमिलो पानीमा माछा मार्ने र घुसपैठ हुने प्रवृति प्रति सचेत रहँदै केन्द्र देखी स्थानीय तह सम्म एकजुट र एकमत रहन अनुरोध गर्दछौं ।
४) जेन–जी पुस्ताले उठाएका मागहरु संविधानसम्बत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानिय राष्ट्रपति ज्यू बाट भैरहेको पहलको समर्थन गर्दै शान्ति सुरक्षा कायम गर्न र त्यसमा सहजीकरण गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछौं ।
५) प्रतिकुल अवस्थामा पनि भविष्यप्रति आशाबादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रको पक्षमा सबै दलहरुलाई दृढता पूर्वक उभिन आग्रह गर्दछौ ।
६) हामी हुम्लाको विकास, शान्ति र सुशासनको पक्षमा निरन्तर क्रियाशिल भएको पृष्ठभूमिमा सबै पक्ष र पुस्तालाई संयम्ता, उच्च सुजबुझ, सजगता र शान्तिपूर्ण रुपमा निकासका पक्षमा रहन अपिल गर्दछौं ।
बिज्ञप्तीमा एमालेका उपाध्यक्ष प्रकाश बहादुर शाही, काग्रेसका उपसभापति कैलाश भण्डारी र नेकपा माओवादी जिल्ला संयोजक डा. दिपेन्द्र रोकायले हस्ताक्षर गरेका छन ।