एक जना तीर्थयात्रीको मृत्यु

Logo
Karnali Serophero आइतबार, आश्विन ०५, २०८२

हुम्ला । मानसरोवर कैलाश दर्शनका लागि आएकी तीर्थ यात्री एक जना महिलाको लेक लागेर मृत्यु  भएकाे छ । हाल एनआरआईका रुपमा अमेरिका बसोवास गर्दै आउनु भएकी ६४ वर्षीय दक्षा रोहित कुमारको चीनकाे तार्चिनमा अक्सिजनको कमीले गर्दा मृत्यु भएको हो ।

असोज ४ गते चीनको तार्चिनमा अक्सिजनको कमीले मृत्यु हुनु भएका मानसरोवर कैलाशको दर्शनार्थीको लाश सोही दिन हिल्सा ल्याईएको र त्यसपछि कैलाश एयरको हेलिकोप्टरले सिमकोट ल्याएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए ।

हाल लाश जिल्ला अस्पतालको लास घरमा राखिएको छ । मृतक लाशलाई अब जिल्ला बाहिर पठाउने तयारी गरिएको छ । गत सेप्टेमबर ८ तारिखमा मृतक सहित उहाँका श्रीमान रोहित कुमार र देवर भासान पटेल अमेरिकाबाट चीनको बेईजिङम पुग्नु भएको थियो । यात्रा कै क्रममा चीनको तार्चिनमा लेक लागेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला