

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाले आफ्नो पुर्ण बैठक नाम्खा गाउँपालिका-६ को लिमीको लाप्चामा वस्ने भएको छ । पर्यटकीय क्षेत्र लिमी र लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्ने उदेश्यका साथ उक्त बैठक बस्ने भएको हो ।
देश बिसम परिस्थितीमा भएपनि नेपाल पत्रकार महासंघ हुम्ला शाखाको चौथो पुर्ण बैठक लिमीको पाँच हजार मिटर उचाईको लाप्चामा बस्न लागेको महासंघ हुम्ला शाखाका सचिव एवम सुचना अधिकारी नन्द सिंहले बताउनुभयाे ।
उहाँका अनुसार पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको खासै प्रचार प्रसार हुन नसकेको कारण महासंघकाे टाेलि त्यस तर्फ लाग्ने भएकाे छ ।
उक्त बैठक कात्तिक ३ गते लिमिकाे लाप्चामा वस्ने छ भने त्यसका लगि महासंघको टोली कात्तिक २ गते लिमी तर्फ लाग्ने छ । महासंघको टोली लिमीकाे हल्जी गाउमाा पनि पुग्ने छ भने कात्तिक ४ गते टोली सदरमुकाम सिमकोट फिर्ता हुनेछ ।
जसका लागि १५ जना पत्रकारहरु लाप्चा बैठकका लागि तयारि भएका छन् । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टरले गरेको छ ।