हुम्ला। सिमकाेट गाउँपालिका-३ बरगाउँका ५३ वर्षिय पर्वसिंङ सुनार नाै दिनदेखि वेपत्ता भएका छन् । सुनार कात्तिक ३ गते विहान घरबाट सदरमुकाम सिमकाेटका लागि हिडेका थिए ।
घरका लागि विधुतकाे मिटरबक्स किनेर फर्कने भन्दै घर छाेडेका सुनार अन्ततः नाै दिन वितिसक्दा समेत सम्पर्कमा आएनन् । सदरमुकाम सिमकाेट पुगे नपुगेकाे खासै हालसम्म जानकारी नभएकाे उनका ज्वाइँ धनविर सुनारले कर्णाली सेराेफेराेलाई जानकारी गराए ।
आफन्त धनविरका अनुसमर कात्तिक ३ गते घरबाट निस्केका ससुराकाे खाेजि कार्य भने कात्तिक ७ गतेबाट मात्रै भयाे । ससुराकाे खाेजि कार्य तत्काल हुनु पर्ने हाे । हामीले उहाँलाई आफन्तकाे घरतिर जानू भएकाे हाेला । छिट्टै फर्कनु हुन्छ भन्ने आशा र उदेश्यले खाेजि कार्य केही ढिलाइ गरेकाे बताए ।
करिव डेढ हप्तासम्म सुनार घर नफर्किएपछि घरपरिवारले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा खाेजिविनका लागि निवेदन दिएकाे छ ।
हाल स्थानिय र प्रहरीले हराएका सुनारको खाेजि कार्य गरि रहेकाे प्रहरी निरिक्षक विष्णु श्रेष्ठले बताए । उनका अनुसार हराएका सुनारले माेवाइल नबाेकेका कारण खाेजिविनमा थप समस्या भएकाे भए पनि विभिन्न क्षेत्रमा प्रहरी टाेलि भने खटाएको छ ।
