 
   
हुम्ला। सिमकाेट गाउँपालिका-३ बरगाउँका ५३ वर्षिय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन् । ११ दिनदेखि वेपत्ता भएका सुनार कात्तिक १४ गते दिउसाे सिमकाेट गाउँपालिका-३ बरगाउँ स्थित बाखा चाल्न भन्ने ठाउँमा मृत अवस्थामा भेटिएकाे मृतकका ज्वाइँ धनविर सुनारले जानकारी दिए ।
कात्तिक ७ गतेदेखि नियमित रुपमा खाेजि कार्य भई रहेका सुनारकाे शुक्रबार दिउसाे आफन्तले मृत अवस्थामा भेटाएकाे ज्वाई धनविरले बताए । सुनार कात्तिक ३ गते विहान घरबाट सदरमुकाम सिमकाेटका लागि हिडेका थिए ।
घरका लागि विधुतकाे मिटरबक्स किनेर फर्कने भन्दै घर छाेडेका सुनार अन्ततः ११ दिनपछि बरगाउँकाे लव्ली डाँडा भन्दा केही तल खसेर मृत्युु भएकाे हुन सक्ने आफन्तकाे भनाइ छ ।
लामाे समयसम्म सुनार घर नफर्किएपछि घरपरिवारले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा खाेजिविनका लागि निवेदन दिएकाे थियाे ।
सुनारको लाश भेटिएको भन्ने जानकारी आए लगतै प्रहरी निरिक्षक विष्णु श्रेष्ठ नेतृत्वको टाेलि घटना स्थल तर्फ लागेकाे प्रहरी नायव उपरिक्षक संकर पाेखरेलले बताए । मृत लाशलाई पोस्टमार्टमका लागि सदरमुकाम सिमकाेट ल्याईने भएकाे प्रहरीले जनाएकाे छ ।
