रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या

हुम्लामा रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या भएको छ ।
Logo
नन्द सिंह शनिबार, कार्तिक २२, २०८२

हुम्ला । हुम्लामा रैथाने बाली उत्पादनपछि बजारीकरणमा समस्या भएको छ । कृषकहरूले रातदिन नभनि स्थानीय अन्नबाली उत्पादन गर्छन तर त्यसको बजारीकरण नहुँदा कृषकहरूले समस्या भोग्नु परेको हो । हुम्लाको सिमकोट गाउँपालिका–३ र ४ का कृषकहरूले कात्तिक २२ गते कृषि मेला सञ्चालन गर्ने क्रममा कृषकहरूले यस्तो गुनासो पोखेका हुन् । शनिबार एक कार्यक्रमको आयोजना गर्दे सेल्मुकाङ कृषक समुहले कृषि मेला प्रदशन गरेको छ ।  उक्त समुहले रैथाने बालीबाट बनेका विभिन्न परिकारसंगै अर्गानिक महको प्रदशनी गरिएको थियो ।

युयन डिपि र बुद्वि ट्रि फाउन्डेसनको आर्थिक सहयोग तथा सेल्मुकाङ कृषक समुहको आयोजनामा उक्त कृषि मेला प्रदशनी गरिएको हो । प्रदशनी कार्यक्रममा स्थानीय कृषक कुन्जो तान्बा लामाले रैथानी बालीमा खामु, चुली, ढँटेलो, ओखर, तोरी र सवाँलेको तेल, कालो र माले सिमी, गौँ र फापरको पिठो, ढोकाया र रुगि साग, स्याउको चना, स्याउ, फर्सी, घोडा मच्चा र मह लगायतका बस्तुहरू प्रदशन गरिएको बताउनुभयो ।

सिमकोट गाउँपालिका– ३ को बरगाउँ, लाङ्दुक, तोर्पा, हुटिक, लिमाटाङ र ४ नम्बर वडाको बुराउँसे गाउँका कृषकहरूले कृषि मेलामा भाग लिएका थिए । कृषि मेलामा भाग लिएका स्थानीय कृषक छिरिङ लामाले विभिन्न स्थानिय अन्न उत्पादन गरिन्छ तर बजार नपाएको गुनासो गर्नुभयो । यसका लागि सरोकारवाला निकायले आफु जस्ता हजारौँ कृषकहरूलाई सहयोग गर्नु पर्ने माग गर्नुभयो ।

स्थानीय स्तरमै रैथाने बालिको उत्पादन र संरक्षण पछि स्थानीय स्तरमै उत्पादन गरेको जैविक विसादिको प्रयोग गर्नु पर्ने लामाको भनाई छ । कृषकले प्रदशनि गरेको कृषि मेला मात्र नभई प्रचार प्रसारको पनि खाँचो रहेको र यसलाई बुलन्द गर्न आवश्यक रहेको लामाले बताउनुभयो । प्रदशनी मेलामा बुद्वि ट्रि फाउन्डेसन नेपालकी जिल्ला परियोजना प्रमुख छेतेन डोल्मा लामाले कृषि क्षेत्रलाई बढि केन्द्रित गरि महिलालाई आर्थिक आम्दानिको मुख्य स्रोत बनाउने आफ्नो उदेश्य रहेको बताउनुभयो ।

उक्त सञ्चालन भएको कृषि मेलाले कृषकको क्षमता अभिवृद्धि मात्रै नभई हुम्लाका कृषकले उत्पादन गरेका रैथाने बालिलाई गुणस्तरीय बनाउन र यसलाई जिल्ला बाहिर निर्यात गर्नमा सरकारी निकायको समेत सहयोग रहनु पर्ने सहभागिता नर्धारण प्रणालिका प्रशिक्षक घनश्याम नगरकोटिले बताउनुभयो । त्यस्तै सिमकोट गाउँपालिकाले कृषकसंग समन्वय गरेर यहाँको रैथाने बालि तथा महको बजारिकरण गर्दै आएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताउनुभयो । उहाँले उत्पादनपछि मुल्य सुचि लगायत सबै कुराको वृद्धि विकासमा पनि कृषकहरूको ध्यान जानु पर्ने सुझाव दिनु भएको थियो । भाग लिएका समुहका कृषकहरूको मुल्यांकनका आधारमा क्रमशः पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला