हुम्ला । हुम्लामा भिटामिन ‘ए’ क्याप्सुलको अभाव भएको समाचार प्रकासन भएपछि ७ सय डोज पुनः उवलव्ध भएको छ । जिल्लाका सातवटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकामा उक्त भिटामिन ‘ए’ नपुगेको भन्दै मविभिन्न सञ्चार माध्यममा समाचार प्रकासन भएपछि तत्काल कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले भिटामिन ‘ए’ पठाएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका पोषण फोकल प्रशन पाल्जोर लामाले बताउनुभयो ।
उहाँका अनुसार कात्तिक २४ र २५ गते गरि जिल्लाका ६ वटा गाउँपालिका स्वास्थ्य शाखालाई बुझाई बालबालिकालाई खुवाउने कार्य तिव्र रुपमा सञ्चालन भईरहेको छ ।
राष्ट्रिय लक्ष्य अनुसार देशभर कात्तिक २० र २१ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’ क्याप्सुलको हुम्लामा अभाव देखिएको देखिएपछि स्वास्थ्य सेवा कार्यालय हुम्ला तात्तिएको थियो ।
उक्त कार्यालयको निरन्तर पहल र ताकेतापछि प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले समयमै आपुर्ति गरेपछि हुम्लाका बालबालिका भिटामिन ‘ए’ खुवाउनबाट बञ्चित भएनन् । यस अघि राष्ट्रिय लक्ष्य र गाउँपालिकाले निर्धारण गरेको लक्ष्यबीचको फरक नमिलेपछि सो अभियान प्रभावित भएको थियो । हुम्लामा भिटामिन ‘ए’ सेवन गर्ने उमेर समूहका बालबालिकाको राष्ट्रिय र स्थानीय लक्ष्यबीच २ हजार १ सय ३३ जनाको फरक देखिए पनि त्यो समस्या भने हालका लागि टरेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले हुम्लाका सातवटै गाउँपालिका गरि ६ हजार १७ डोज पठाउनु पर्नेमा ४ हजार ७ सय ३५ डोज पहिला र हाल ७ सय डोज पुनः उपलव्ध गराएका कारण यहाँका बालबालिकाका लागि सहज भएको हो । भिटामिन ‘ए’ अभाव बालबालिकाको स्वास्थ्य दृष्टिले अत्यन्त संवेदनशील विषय भएकोले तत्काल उपलव्ध गराउनु पर्ने माग हनुसार उपलव्ध भएको छ ।
यसले दृष्टि कमजोर हुने, रोग प्रतिरोधात्मक क्षमता घट्ने र संक्रमणको जोखिम बढाउने सम्भावना हुन्छ । राष्ट्रिय तालिका अनुसार कार्तिक २० र २१ गते भिटामिन ‘ए’ खुवाउने कार्यक्रम तय भए पनि क्याप्सुल अभावकै कारण प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले तत्काल थप सात सय डोज पठाएकाले हिजो मंगलबार र आज बुधबार जिल्ला भरि भिटामिन खुवाई रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो ।
