गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने 

Logo
Karnali Serophero सोमबार, मंसिर २२, २०८२

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । मंसिर २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटेल एयरपोर्ट, बिराटनगर, मोरङ्गमा विहान ११ बजे सुरु हुनेछ ।

हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव गरेको कम्पनीले सर्वसाधारण शेयरधनीहरुबाट एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय गरेको छ ।

सभाले गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । लाभांश पनि कम्पनीले प्रस्ताव गरेको छैन् । २०८१ साल माघ ६ गते सर्वसाधारण लगानीकर्ताका लागि यस कम्पनीले आईपीओ बाँडफाँट गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला