तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश वितरण गर्ने

Logo
Karnali Serophero मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनको कारण क्षति पुगेपछि पूर्ण रुपमा बन्द रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।

मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ । यस कम्पनीले आर्थिक वर्ष ०७३/७४ सालदेखि लाभांश वितरण गर्दै आएको छ । योबीचमा आर्थिक वर्ष ०७७/७८ मा लगानीकर्ताको हात खाली बनाएपनि त्यसबाहेकका वर्ष भने लाभांश वितरणलाई निरन्तता दिएको हो । गत वर्ष कम्पनीले कर समेत ११ प्रतिशत नगद लाभांश वितरण गरेकोमा यस वर्ष भने हालसम्मकै कम लाभांश वितरण गर्न लागेको हो । जेनजी आन्दोलनका क्रममा होटल्सको अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, वैक्युट, चैत्यहरु लगाएत समष्टिगत संरचनामा ठुलो क्षति पुगेकाले हाल पूर्ण रुपमा बन्द गरी होटल मर्मत सम्भारको काम भैरहेको छ ।

यस होटल्सलाई अझ विस्तारित र उत्कृष्ट सेवा सहित यथासिघ्र सञ्चालनमा ल्याउने प्रतिवद्धता होटल्सको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउन करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ । हाल १ अर्ब ९६ करोड २१ लाख २० हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी कायम छ । होटल पूर्ण रुपमा बन्द रहँदा चालू आर्थिक वर्षको असोज मसान्तसम्म होटल्स २ करोड ३७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला