ईङवा हाइड्रोपावरले पुस १६ गते बोलायो साधारण सभा 

Logo
Karnali Serophero मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडले पुस १६ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होलत क्रिष्टल पशुपति, गौशाला, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सभाले प्रदान गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

बुक क्लोजको आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् । सर्वसाधारण लगानीकर्तामा कम्पनीले २०८० साल वैशाख २७ गते आईपीओ बाँडफाँट गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला