पुस ३ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै भुजुङ्ग हाइड्रोपावर 

Logo
Karnali Serophero मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणमा जारी हुने आईपीओमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । त्यसमध्ये १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा निष्कासन गर्न लागिएको हो ।

स्थानीयका लागि छुट्याइएको आईपीओमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ । यसैगरी थप सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्कासन गर्न लागिएको हो।

प्रतिशेयर १०० रुपैइाँ अंकित मूल्यमा निष्कासन आउने यी आईपीओ खरीदका लागि दुबै तर्फका लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा निष्कासन अवधि छिटोमा पुस १७ गतेसम्म तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ २ गतेसम्म निष्कासन लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गतेसम्मको निष्कासन मिति तय भएको छ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

स्थानिय बासिन्दाले आवेदन शुल्क २ रुपैयाँ बुझाएर क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयमार्फत आवेदन पेश गर्न सक्नेछन् । मेरो शेयर अनलाईन पनि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन दिन खुला गरिएको छ ।

कम्पनीको आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले लमजुङ्ग जिल्लामा मिदिम खोलाको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ साल वैशाख ६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

गत आर्थिक वर्ष ०८१।८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ५ करोड ७ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । यस अवधिसम्म कम्पनीको प्रशिेयर नेटवर्थ ९० रुपैयाँ ४ पैसा छ भने १० रुपैयाँ ८१ पैसा प्रतिशेयर नोक्सानी रहेको देखिन्छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ३ करोड २८ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला