काठमाडौं । कुमारी बैंक लिमिटेडले २५औं वार्षिक साधारण सभाका लागि बुक क्लोजको मिति तय गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस ३० गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गर्ने तयारी गरेको छ । बुक क्लोजको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । सभाका लागि कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन् ।
आर्थिक वर्ष ०७८।७९ पछि कम्पनीले लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले कर समेत १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
