आरम्भ चौतारी लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

Logo
Karnali Serophero शुक्रबार, मंसिर २६, २०८२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष पनि लााभांश वितरण नगर्ने भएको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समितिको

बैठकले गत आर्थिक वर्ष ०८१।८२ को लागि पनि कुनै पनि लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु आगामी वार्षिक साधारण सभामा पेश गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने निर्णय भने कम्पनीले गरेको छ । यस कम्पनीले आर्थिक वर्ष ०७७।७८ पछि लाभांश वितरण गरेको छैन् । उक्त वर्ष भने कम्पनीले २१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८२ लाख ६ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको जगेडा कोषमा भने १६ करोड ५१ लाख रुपैयाँभन्दा बढी कायम छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ४ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला