इमर्जिङ्ग नेपालले प्रस्ताव गर्‍यो ५.२६ प्रतिशत लाभांश 

Logo
Karnali Serophero सोमबार, मंसिर २९, २०८२

काठमाडौं। इमर्जिङ्ग नेपाल लिमिटेडले गत आर्थिक वर्ष ०८१।८२ को लागि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले नेपाल सरकार, अर्थमन्त्रालयको स्वीकृति प्राप्त गरी लाभांश प्रस्ताव गरेको जानकारी दिएको छ ।

यस अघि आर्थिक वर्ष ०७९।८० मा कम्पनीले कुल ८ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष भने लाभांश वितरण गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला