हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै दोर्दी खोला जलविद्युतले बोलायो साधारण सभा 

Logo
Karnali Serophero सोमबार, मंसिर २९, २०८२

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बज्रबाराही पार्टी प्यालेस, चापागाउँ, ललितपुरमा विहान ८ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८१।८२ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव उल्लेख गरे पनि कति प्रतिशत भन्ने वारे जानकारी गराएको छैन् ।

अधिकृत पूँजी र जारी पूँजी बृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई समेत अघि सारेको छ । त्यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला