आमाको दुध प्रतिश्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
लाेग भण्डारी सोमबार, मंसिर २९, २०८२

हुम्ला । आमाको दुध प्रतिश्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण गर्ने ऐन २०४९ सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ऐनका ब्यवस्था भएपनि जिल्लामा सरोकारवाला पक्ष र सेवाग्राहीलाई यस सम्वन्धमा जानकारी नभएको बेला सो बारे अभिमुखीकरण गर्ने कार्य गरिएको हो ।

नवजात शिशुका लागि आमाको दुध अति आवश्यक पर्ने भएपनि बिस्तारै यसको प्रयोगमा कमी आई रहेको बेला सो कार्य बिरुद्ध बनेको ऐनका बारेमा जानकारी गराउने कार्य भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकीत्सक भिम बहादुर बुढाले बताए ।
कार्यक्रममा चिकीत्सक बुढाले बिश्वमा र नेपालमा यसको अवस्थाका बारेमा झल्किने बिबरण सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । शिशुका लागि आमाको दुध अति आबश्यक र पोष्टिक हुने गरेको भएपनि बिस्तारै शहर र बजार उन्मुख स्थानमा यसको प्रयोगमा कमी आएको उनले बताए ।

त्यसै गरि सो कार्य नियन्त्रणमा राख्नका लागि आमाको दुधलाई प्रतिश्थापन गर्ने बस्तुहरुको बिक्री बितरण नियन्त्रण ऐन २०४९ का बारेमा निमित्त जिल्ला न्यायधिबक्ता निसा केसीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेकी थिईन ।

दुई वटा कार्यपत्र प्रस्तुत भई सकेपछि जिल्ला समन्वय समितिका कावा प्रमुख सरिता रावत, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोटका अध्यक्ष बिजय भण्डारी, उपाध्यक्ष शुशिला भाम रोकाया, नेकपा एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, आयुर्वेद स्वास्थ्य केन्द्रका चिकीत्सक चाहान शर्मा, पत्रकार महासंघका अध्यक्ष राजन रावतले आमाको दुधको महत्वका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला