छिमेक लघुवित्तले यस वर्ष पच्चीस प्रतिशत लाभांश वितरण गर्ने 

Logo
Karnali Serophero मंगलबार, पुष ०१, २०८२

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष कुल २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । मंसिर २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ३ अर्ब २१ करोड ५३ लाख ४५ हजार रुपैयाँको आधारमा १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि वितरण हुनेछ । यस वर्ष कम्पनीले अघिल्ला दुई आर्थिक वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । अघिल्ला दुई आर्थिक वर्ष कम्पनीले कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक:
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला